प्रभात माविलाई शैक्षिक सामाग्री प्रदान

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ३ सुमारामा रहेको प्रभात माध्यमिक बिद्यालयको मन्टेश्वरीमा अध्यन गर्ने बालबालिकाहरुको लागी शैक्षिक सामग्री प्रदान गरेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ९ निवासी समाजसेवीहरु राजकुमार पौडेल, बुद्धिमान महत, दामोदर बजगाई र लक्ष्मण बन्जराले विद्यालय ब्यबस्थापन समितिका सदस्य शिबप्रसाद दाहालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । विद्यालय ब्यबस्थापन समितिका सदस्य दाहालको अग्रसरतामा मन्टेश्वरीका बालबालिकाले खेल्ने पिङ्ग, ड्रम सेट, चिप्लेटी लगाएतका विभिन्न स्टेश्नरीका सामाग्रीहरु हस्तान्तरण गरेको दाहालले बताए ।

विद्यालयमा शैक्षिक सत्र २०८१ मा १ सय ७३ जना विद्यार्थीहरु भर्ना भएको जानएको छ । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिदै गएको, अभिभाबक, विद्यार्थी र शिक्षकको सहयोगले विद्यार्थी संख्या बढ्दै गएको विद्यालयका प्रध्यानाध्यापक बालकृष्ण दाहालले बताए । गत शुक्रबार बनेपा ५ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले पनि उक्त विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको थियो । सहकारीका अध्यक्ष साधुराम दाहाल लगाएत संस्थाका पद्यादिकारीहरुले विद्यालयमा नै गई उक्त शैक्षिक सामग्री प्रदान गरेका थिए ।