त्रिभुवन विभानस्थलबाट चार किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ

काठमाडौं /त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबैजना भारतीय नागरिक हुन्।

पक्राउ पर्नेमा ३४ वर्षीय सुरेश कुमार र मोहन कुमार गणेशमान रहेका विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिए।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।