कांग्रेस संसदीय दल बैठक सुरू

नेपाली कांग्रेसको संसदीय दल बैठक सुरू भएको छ। मंगलबार बिहान १० बजेदेखि संसदीय दल बैठक दल कार्यालय सिंहदरबारमा बसेको हो।
बैठकमा मुख्यगरी सदनमा गरेको अवरोधबारे छलफल हुनेछ।
मंगलबार अपराह्न ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै यसअघि बैठक अवरोध गरेको थियो।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग कुराकानी गर्दै नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह गरेका थिए।
संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका मागमा आफूले छलफल गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो। कांग्रेसले संसदीय दलमा छलफल गरेर मात्रै निर्णय लिने जबाफ दिएको थियो।