आज घट्यो सुनको भाउ

काठमाडौं/सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन १ लाख ३७ हजार ४ सय रुपैयाँमा र तेजाबी सुन १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदी आज १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको छ। सोमबार भने छापावाल सुन १ लाख ३८ हजार १ सय र तेजाबी सुन १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी १ हजार ७ सय १५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस २ हजार ३ सय ४३ अमेरिकी डलर र चाँदीको २८।४२ डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।