मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते

काठमाडौँ /दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

मेलुङ गाउँपालिकाको भटमासेमा बुधबार बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।