शिक्षासँगै सीप, विद्यार्थीका १२ सय सिर्जनाकाे प्रदर्शनी

शिक्षासँगै सीप कार्यक्रमअन्तर्गत काठमाडौंका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका सिर्जनाको प्रदर्शनी गरिएको छ। 

काठमाडौं महानगरपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरभित्रका नौ विद्यालयका विद्यार्थीले बनाएका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनी गरिएको हो।

‘स्केचिङ एन्ड स्कप्चर’ तालिमबाट विद्यार्थीले बनाएका कलाकृतिको प्रदर्शनी गरिएको हो। प्रत्येक शुक्रबार ‘बुक फ्री फ्राइडे’ विद्यालयले  ‘स्केचिङ एन्ड स्कप्चर’ कार्यक्रमले विद्यार्थीमा झनै उत्साह थपिएको सोही प्रशिक्षक ध्रुवराज शर्मा ‘रसिक राज’ले बताए। 

तालिममा सहभागी विद्यार्थीले पनि पहिलाको तुलनामा चित्र कोर्न निकै सहज भएको अनुभव सुनाए। विश्व निकेतनमा अध्यनरत छात्र विब्सन कटवालले तालिमपछि चित्र बनाउन धेरै सोच्नै नपर्ने क्षमता विकास भएको बताए।

यस्तै, सरस्वती माविमा अध्ययनरत छात्रा  मुस्कान भुजेलले चित्र कोर्न पहिल्यैदेखि मन लाग्थ्यो। तालिमपछि उनलाई व्यावसायिक आर्टिस्ट नै बन्ने इच्छा जागेको छ। 

यसै कार्यक्रमा जोडिएका  प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सीपसँग जोडेकोमा खुसी व्यक्त गर्दै यसले सकारात्मक परिणाम ल्याउने धारणा राखे। प्रदर्शनी ललितकला प्रज्ञा–प्रतिष्ठानको हलमा ३० वैशाखसम्म चल्नेछ।