बनेपाका एक हजार घर परिवार कौशी खेतीमा

बनेपा/बनेपा नगरपालिकाले शहरी क्षेत्रका नगरबासिहरुका लागि कौशी खेतीको प्रर्वद्धन गर्ने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको छ । वडा नम्वर ७ बाट उक्त कार्यक्रमको औपचारीक शुभारम्भ नगर प्रमुख शान्तिरत्न शाक्यले गरे । नगरपालिकाको कृषि शाखाले उक्त कार्यक्रमको संयोजन गरेको थियो ।
कौशी खेति प्रर्वद्धनका लागि नगरपालिकाले तीन वर्षको अवधीमा १ हजार घर परिवारका नागरिकलाई तालिम प्रदान गरेको थियो । तालिम प्राप्त ब्यक्तिका घर परिवारका लागि कौशी खेती गराउने उदेश्यले खेति गर्न आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराएको छ ।
वडा नम्वर ७ बाट प्रारम्भ गरिएको कार्यक्रम वडा नम्वर ४, ५, ६, ७, ८, ९, १० र १३ नम्वर वडाका एक हजार घर परिवारका लागि ग्रो ब्याग ४ हजार थान, कम्पोष्ट मल २ हजार, कोकोपिट २ हजार, हजारी १ हजार र विउ १ हजार वितरण गरिनेछ ।
कार्यक्रममा नगर प्रमुख शाक्यले नगरबासिहरुलाई तरकारी खेतिबाट आत्मनिर्भर बनाउन जग्गा जमिन नभएका तर घर मात्रै भएका घर परिवारको पहिचान गरी कौशी खेती प्रर्वद्धन गर्न शुरु गरिएको नगर प्रमुख शाक्यले बताए । कार्यक्रममा उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, वडा अध्यक्ष हिटलर शाक्य लगायतको सहभागिता रहेको थियो ।

कौशी खेतिका लागि सबै भन्दा धेरै वडा नम्वर ८ मा ३ सय जनाले तालिम लिएका छन् भने वडा नम्वर ७ मा २ सय ७० जनाले तालिम लिएका छन् । त्यस्तै वडा नम्वर ९ का १ सय २५ जना, वडा नम्वर ४ का ३० जना, वडा नम्वर ५ का ७५ जना, वडा नम्वर ६ का २५ जना, वडा नम्वर १० का ७५ जना र वडा नम्वर १३ का ५० र अन्य ५० जना गरी १ हजार जना रहेका छन् ।
कार्यक्रममा वडा सदस्य सोनी बर्जाचार्यले स्वागत मन्तब्य राखेकी थिईन् भने कार्यक्रमका बारेमा कृषि प्राविधिक कमला हुमागाईले जानकारी गराएकी थिईन् । कार्यक्रम संचालन नवराज घिमीरेले गरेका थिए । कार्यक्रममा सहभागि कौशी खेती गर्ने ब्यक्तिहरुले पनि धारणा राखेका थिए ।
