मदन–आश्रित स्मृति दिवस धुलिखेलमा मनाइयो

धुलिखेल/नेकपा एमाले काभ्रे र नेकपा एमाले धुलिखेल नगर कमिटिले संयुक्त रुपमा आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाएको छ ।
धुलिखेल नगरपालिका वडा नं.११ मा रहेको काभ्रे भन्ज्याङमा मदन भण्डारीको शालिकमा माल्यार्पण गरि स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रममा जिल्ला अध्यक्ष अशोक ब्याञ्जु लगायत विभिन्न प्रदेश कमिटि , जिल्ला कमिटि, स्थानीय कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

त्यसैगरी आज नेकपा एमाले काभ्रेले विचारको बहस कार्यक्रमको पनि आयोजना गरेको छ । उक्त कार्यक्रममा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, जिल्ला इन्चार्ज कृष्ण राई र पार्टी अध्यक्ष अशोक ब्याञ्जु लगायतका नेताहरु सहभागि हुने छन् ।
