मदन–आश्रित स्मृति दिवसमा एमाले काभ्रेको विचार गोष्ठीः जनताको बहुदलिय जनवादबाटै ‘समाजबाद’

बनेपा/जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको ३१ औ स्मृतिमा नेकपा एमाले काभ्रेले विचार गोष्ठी आयोजना गरेको छ ।

एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले मदन भण्डारीले प्रतिपादन गरेका विचार र सिद्धान्तलाई नेपालको संविधानले समेत स्विकारेको बताउँदै ति विषयलाई जनता र कार्यकर्ताका बीचमा लैजान आवश्यक रहेको बताए ।

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मदन भण्डारीले तयार गरेको जनताको बहुदलिय जनवाद पार्टीको मात्रै नभई मुलुककै सम्पतिका रुपमा रहेको बताए । ‘एमालेले पार्टीको आन्तरिक जीवनमा मात्रै नभई जबजको सिद्धान्तलाई सत्तमा भएका बेला जति–जति समेयमा प्रयोग गर्ने अवसर प्राप्त गरेको हुन्छ त्यति त्यति बेला मुलुकले विकासमा फड्को मारिरहेको हुन्छ’– उपमहासवि ज्ञवालीले भने–‘मुलुकका ठुला ठुला परिवर्तन र विकास एमालेकै विचार, सिद्धान्त र नीति अनुसार भएका छन् ।’

एमाले विचारका हिसावले, संगठनका हिसावले तथा मुलुकको भविश्य निर्माण गर्ने हिसावले समेत अग्रगामी र नेतृत्वदायी पार्टी रहेको बताउँदै जनताको बहुदलिय जनवादको सान्र्दभिकता समाजवाद उन्मुख रहेको बताए ।

संविधानको प्रस्तावनामा समेत उल्लेख गरी कार्यान्वन शुरु गरिएको समाजवादको प्राप्ती जबजको मुख्य अंश भएको बताउँदै उपमहासचिव ज्ञवालीले आम नागरिकहरुको समृद्धी एमालेको चाहना र योजना रहेको बताए ।
पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सबै नेता तथा कार्यकर्ताहरु जनताको बहुदलिय जनवादको सिद्धान्त भित्र रहेकाले पार्टीका नीति, अनुशासन र पार्टीका विचार अनुसार कृयाशिल हुनु पर्ने बताए । जबजले पार्टी भित्रको प्रतिस्पर्धालाई पनि स्विकारेको बताउँदै नेता बास्कोटाले ब्यक्तिबादी भएर भन्दा पनि जनता र कार्यकर्ताको हितका लागि पार्टीका कार्यक्रमहरुलाई लैजानु पर्ने बताए ।

पछिल्लो समय पार्टी भित्र ब्यक्तिगत अराजकता फैलन थालेको भन्दै नेता बास्कोटाले अधिबेशन लक्षित कृयाशिलताले पार्टीको हित र नागरिकहरुको विकास गर्न सम्भव नहुने बताए । कार्यक्रममा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण राई, केन्द्रिय सदस्यहरु नविना लामा, रेशम लामा लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्यहरु, संविधान सदस्यहरु, पुर्व सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जनबर्गिय संगठनका पदाधिकारीहरु र नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला सचिव राजन भुर्तेलले संचालन गरेका थिए ।