एमाले सिंगो मधेशको आशा र भरोसा होः किसान श्रेष्ठ

एकीकृत समाजवादीका केन्द्रिय सदस्य किसान श्रेष्ठले नेकपा एमाले मधेशको आशा र भरोसा भएको बताएका छन । बाराको प्रसौनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले जनताको आशालाई निराशामा नबल्दन अनुरोध समेत गरेका छन ।

ओलीले भने ‘किसान श्रेष्ठ अर्को चुनाव लड्ने बेलासम्म एमालेमा आइसक्ने बताएका छन । जसले यो पार्टीबाट लड्छ, जसले चिन्हबाट लड्छ, त्यसैले जित्ने उनको दाबी छ ।

आफ्नो क्षेत्रको गाउँपालिकामा ओली प्रमुख अतिथि बनेपछि उनले विकास बजेटकै लागि ओलीलाई समेत खुसी पार्न उक्त भाषण गरेको र कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसमेत रहेकाले उनको सो भाषण आउने बजेट लक्षित रहेको उनी निकटहरु बताउँछन् ।

मधेशको सबैभन्दा ठूलो दल एमाले भएकाले एमालेप्रति आशा र भरोसा रहेको भन्नु अन्यथा नहुने उनीहरुको भनाइ छ

पार्टी विभाजनअघि ओलीसँग अति निकट मानिने किसान अन्तिममा माधव नेपालतिर लागेर शेरबहादुर देउवालाई विश्वासको मत दिन उभिएपछि ओलीले उनीबाट धोका खाएका थिए ।

किसानले बोलेपछि अन्तिम वक्ता रहेका एमाले अध्यक्ष ओलीले पनि उनलाई जवाफ दिँदै आउने चुनावअघि नै उनी एमालेमा आइसक्ने र एमालेबाट चुनाव लड्ने दाबी गरे ।