रामेछापका टोपबहादुरले दोलालघाट स्थित इन्द्रावती नदिमा हाम फाले

धुलिखेल/रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्वर २ बाम्ती भण्डार घर भई काभ्रेपलाञ्चोकको दोलालघाटमा डेरा लिई मजदुरी गर्दै आएका ४८ बर्षिय टोपबहादुर लामिछानेले जेष्ठ ६ गते आईतबार दिउसो बनदेउ स्थित इन्द्रावती नदिनमा हाम फालेका छन् ।

प्रहरीका अनुसार भुम्लु गाउँपालिका वडा नम्वर ८ बन्देउमा लामिछानेले हाम फालेका हुन् । स्थानीयहरुले नदिमा पुरुषको शव बगाएर ल्याएको सूचना प्रहरीलाई गरेका थिए । प्रहरीले शव निकालेर किनारामा ल्याए पछि केहि समय देखि ज्यालामजदुरी गर्दै आएका लामिछाने भएको पुष्टी भएको थियो । उनि केहि समय देखि मानसिक रुपमा विक्षिप्त हुँदै आएका थिए ।

स्थानीयका अनुसार प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामिछानेका आफन्तहरुले उनको शव भएको पहिचान गरेका छन् । उनको शव परिक्षणका लागि धुलिखेलमा ल्याईएको छ ।