हजारौ दर्शकहरुको सहभागितामा यसरी हुन्छ बनेपाको २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा

मोतीराम तिमल्सिना
बनेपा
हरेक वर्ष बुद्ध पुर्णिमाको दिन आयोजना गरिने बनेपाको चण्डेश्वरी जात्राको ऐतिहासिकता छ । सांस्कृतिक, धार्मिक र पर्यटकिय हिसावले पनि निरन्तर उक्त जात्रा संचालन हुँदै आएको छ । कोरोना महामारी बाहेक कुनै वर्ष पनि जात्रा नरोकिएको स्थानीयहरु बताउँछन् । कोरोनाको समयमा नागरिकहरुको सहभागिता विना नै जात्रा सम्पन्न गरिएको थियो । 
बुद्ध पुर्णिमाको अघि अष्टमीको दिन चण्डेश्वरी मन्दिरमा भोछीभोया, चाकुवजी, धुँ र लाखे खल गरि चार खलहरूले आफ्नो कुल देवता श्री माई चण्डेश्वरीलाई कुलायण पुजा गर्ने चलन छ । हाल चारखलबाट घटेर दुई खल भोछीभोया र चाकुवजी खल मात्रै बाँकी रहेको र आफ्नो संस्कृती बचाई राखेका छन । जसमा भोछिभोया खलहरू बिहानै चाकुवजी चोकमा गई नङ्ग काट्ने, कपाल खौरने र चोखिने गर्छन भने पुजाका लागि कलालीहरू वकुटोल फटिकेश्वर महादेवमा जम्मा भई पुजाका लागि चण्डेश्वरी जाने गर्छन । भोछिभोया खल नगरपालीका गई जात्रा सुरू भएको जानकारी गराउँदै जात्रा नसकुन्जेल बनेपा बजारमा छालाको जुत्ता लगाउन नपाईने, छाता ओड्न, टोपी लगाउन, बनेपा बजारको मुल बाटोमा बिबाह, मलामी लान नपाईने, घरहरू बन्दैछन भने खटहरू राख्न नपाईने, राखेको भए भत्काउने लगायतका नियमहरुका बारेमा जानकारी गराउनेछन् । त्यो नियम अहिले पनि यथावत छ । नवदुर्गा जात्रामा नवदुर्गा द्वारा भोछिभोया खललाई एउटा सुपारी दिएको हुन्छ । जुन सुपारी भोछिभोया खलले द्वारेलाई दिन्छन । त्यही सुपारी लिएर द्वारे जात्राको लागि तरवार छान्न हनुमान ढोकामा पुग्ने गर्छन । सोहि दिन बेलुका बनेपाका शाही खलका नाईकेले चण्डेश्वरी जात्रामा कुनै पनि किसिमको बाधाहरू आउन नदिन बनेपाका ठाउँ–ठाउँमा बौ होलेगु अर्थात भिजाएको चामल र चिउरा छरेर भुतप्रेत पन्छाउने गर्छन । 
त्यसको चार दिन पछि द्वादसीको दिन देखि जात्रा सुरू हुन्छ । जात्राको पहिलो दिन चण्डेश्वरी माँको गहना जाँच्ने गरिन्छ । त्यसलाई गहना जाँच्ने जात्रा भनिन्छ । यो जात्रालाई पहिलो दिन भने पनि जात्रा सुरू भएको अवगत गराउने चाँहि अष्टमीका दिनमा हो । नेपाल धर्म भूमि, पुण्यभूमि, तपोभूमि तथा असंख्य तीर्थस्थलहरुको थलो हो । हिमालयको शिर श्रृंखला देखि तराईको सम्म स्थलसम्म विभिन्न नामले परिचित धार्मिक देवदेवीको वासस्थानले अछुतो छन् । ती धार्मिक स्थलहरुमा पुगि मन भाव व्यक्त गर्न र दर्शन गर्न सके पुण्य आर्जन हुने अभि प्रायले शुद्ध, सद्भावका साथ पुग्ने र उक्त तिर्थस्थलहरुको बारे अनुभव बटुल्न कुनै वार्षिक पुण्य तिथि श्राद्ध पर्वको रुपमा पुग्ने गर्दछन् । पुण्य भूमि तिर्थ स्थलहरुको सुचिमा काठमाडौंबाट २५ कि.मी.पूर्व बनेपा चण्डेश्वरी पर्दछ । नेपालका देवीदेवताको श्रद्धा साथ मानि आएको जात्रा पर्व मध्ये बनेपाको चण्डेश्वरी देवीको वार्षिक रुपमा मानिँदै आएको चण्डि पूर्णिमा जात्रा पनि पर्दछ । यो जात्राको किंवदन्तीअनुसार १२ औं शताब्दी देखि नै जात्रा चलाउँदै आएको जन भनाईहरु छन् । 

वैशाख पूर्णिमाको समयमा जात्रा गर्ने २ महिना अघि फागुन पूर्णिमाको दिन नै जात्रामा आउनु भनि चण्डेश्वरी माईबाट चण्डेश्वरी खोलामा एक महादेव र एक देवीलाई निम्तो पूजा गरिन्छ । यो निम्तो पूजामा चाँदीको थालीमा पूजाका सरसामान राखी टँ, घण्ट, शंख, डमरु बजाई गोकुल धुपको सुगन्धमा पूजा जाँदा नायो दुई राजवाहक सहित भई पूजा गरी निम्तो दिएको हुन्छ । राति नायो कसाईबाट चण्डेश्व्रीमा बौ छायागु पुजा गर्ने गरिन्छ । उक्त पुजामा नायो नाच एक्लै राती बौ छाय गरी बाहिरी ढोकासम्म उल्टो हिँडेर आउनु पर्ने तथा उ मात्रले उक्त पुजा गर्ने गरिन्छ । नाय र समीहरुले चण्डेश्वरीको विशेष पूजामा विशिष्ट स्थान पाई राखेको देखिन्छ । पञ्चबली जस्ता ठूलो पूजामा नायखीं बाजा र के पोउ बाजा महत्वपूर्ण भई आएका छन् । नाय बा जाजा त्राको ७ दिन अगाडि देखि बाजा साथ पूजा गर्दै जात्रा सकिने दिन सम्म अनिवार्य नछुटाई कर्तव्य गरेको बुझिन्छ । जात्राको दिन पहिले बनेपाका भोछिभोयाहरुको वार्षिक देवाली पूजा हुन्छ । जुन देवाली पूजामा म्वालीं कुसले बाजा साथ आउने गर्छन । जात्राको चौथो दिन अघि द्यो क्वहाँविज्याके र जात्राको ४ दिन पछि द्यो थाहाँविज्याएके गरिन्छ । उक्त दिनहरुमा चण्डेश्वरी द्योक्षेबाट सानो विमानखचा रथमा जात्रामा देवीलाई लगाउने गहना सफा, धुने र पछि उक्त गहना छ छैन जाँच गर्ने गरिन्छ । जात्रा पूर्णिमाको अघिल्लो राती सरकारी पूजा हुन्छ, यो पूजा बनेपाबाट बाजा बजाई १२ वटा भाले बोका पूजा गरिन्छ । उक्त बोका पुजाको मासु २ दिन पछि कलंदान गरिन्छ । मासु छरिन्छ भेटाउन ठूलो जनसमुदायको घुइँचो जात्रा हुन्छ । विहान सबेरै पूर्णिमाको दिन मत पूजा हुन्छ । जुन पूजामा पनि बाजा गाजा सहित लठ्ठीमा बत्ती बालेर आउने गरिन्छ । मत पूजामा बनेपालीहरुको प्रायः सहभागी जनाउँछन् । हजारौं संख्यामा हुन्छन् । बत्ती पूजाको स्वमा विहान सबेरै अँध्यारोमा अति नै राम्रो स्वमा भएको हुन्छन् । सो मत पूजा बनेपाबाट चण्डेश्वरी पुगि जलेश्वर महादेव दर्शन गरी मत पूजा समापन हुन्छ । दिनभरी नै जलेश्वरीमा नुहाउनेको भिड लाग्छ । जलेश्वरीमा नुहाउँदा लगाएको लुगा जहाँ फेरिन्छ त्यहि छोड्नुपर्छ भन्ने आहान छ ।

बनेपाबाट चण्डेश्वरी तर्फ बाजागाजा साथ रित्तो रथ पोँखः बोकेर लगिन्छ । यो बनेपाको जात्रा गर्ने रथमा नोल काँधमा अड्याई बोक्ने गरिन्छ । रथ बनेपादेखि चण्डेश्वरीसम्म बोकेर जात्रा गर्दै लगिन्छ । रथमा अगाडि ५ नोल र पछाडि ५ नोल हुन्छन् । प्रत्येक नोल कम्तिमा ८ जनाले बोक्न हुने हुन्छन् । रथ पेगोडा शैलीमा २ तले हुन्छ । रातो सेतो ध्वजापतकाले सुसज्जित हुन्छ । जब रथ चण्डेश्वरी डबलीमा पु¥याउँछ, अनि रथमा देवी चण्डेश्वरी विराजमान गराइन्छ । सो समयमा धान चामल चढाइन्छ । चण्डासुर दैत्य र चण्डेश्वरीको युद्ध गरी दानवराज चण्डासुरको बध गरिएको खुशीयालीमा जात्रा चलाई आएको भन्ने विकदन्ती छ ।

पूर्णिमाको भोलिपल्ट देवता युक्त चण्डेश्वरी रथ बनेपातर्फ खुशीयाली साथ जात्रा गरी लगिन्छ । घोकेचौरबाट भैरवकुण्ड पुग्ने बेलामा देवीलाई स्नान गराइन्छ । जब बनेपा बजार पुगिन्छ द्धारेको लसकुस पूजा हुन्छ र सिन्दुर जात्रा गर्ने गरिन्छ । बजार भरी बाजाजागा सहित जात्रा गरिन्छ । जात्रामा श्रद्धालुहरुले रथ बोक्नेहरुलाई विभिन्न चिसो पेय पदार्थ फलफुल, मिठाई खुवाउने गर्दछन् । रथ लायकु ढोका पु¥याई हंसवली पूजा गरि पुनः रथ बनेपाबाट फर्काइन्छ । २ दिन अघि राती १२ वटा कालो बोका बलीपूजाको मासु कलंदान गरी मासु छरिन्छ । मासु छर्दा टाउकाको भाग पनि छरिन्छ ।