६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो क्षेत्रीय युवा सम्मेलन

सिबिस र दिगो विकासको लागि नेपाल युवा सञ्जालको आयोजनामा वातावरणीय स्थायित्व र जलवायु कार्य बिषयक क्षेत्रीय सम्मेलन ६ बुँदे घोषण पत्र जारी गर्दै सकिएको छ ।

प्रतिनिधि सभा सदस्य रन्जुकुमारी झाले बुढानिलकण्ठमा वृक्षारोपण गर्दै सम्मेलनको उद्द्घाटन गरेकी थिइन् भने कार्यक्रम समापन राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य जगदीश ऐरले गरेका हुन ।

सम्मेलनमा उठेका आवाजहरुलाई घोषणा पत्रमा समेट्दै युवाहरुले घोषणपत्र बुझाएका थिए । घोषणापत्र बुझ्दै ऐरले योजना निर्माण प्रक्रियामा युव सहभागिता वृद्धि गराई वातावरण र जलवायुको मुद्दालाई स्थानिय देखि राष्ट्रिय, क्षेत्रीय तहमा उठाउदै संरक्षणमा ध्यान दिनु पर्ने र परिषद यसमा लागि परिरहेको र अझ प्रतिबद्ध भएर अगाडि बड्ने बताए ।

समापन कार्यक्रममा बोल्दै आयोजक संथाका अध्यक्ष बिमला ज्ञवालीले जलवायु र वातावरण संरक्षणको क्षेत्रमा सरकार, गैरसरकारी, क्षेत्रीय मन्च एवं दातृ निकाससंगै हातेमालो गर्ने सिविसले सम्मेलन आयोजना गरेको बताईन ।

सम्मेलनमा ताजकस्थान,भारत, पाकिस्तान र नेपालका गरि ३० जना युवाहरुको सहभागिता रहेको थियो । टिडिएच जर्मनीको सहयोगमा भएको सम्मेलन जेठ ४,५ र ६ गते तीनदिनसम्म चलेको थियो ।

दक्षिण एसियामा वातावरणीय र जलवायु नितिको पैरवी, युवाहरुको भुमिका, असल अभ्यास, दक्षिणी एसियाली नितिहरुमा भएका खाडल, चुनौती र अबसर लगायतका विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुतसंगै समुहगत छलफल चलेको थियो भने छलफल बाट आएका सवालहरुलाई संकलन गर्दै काठमाडौं घोषणपत्र गरि सम्मेलन सकिएको थियो । जारी गरिएको घोषणापत्रलाई पैरवीको लागि विभिन्न सरोकारवालाहरुलाई बुझाउने र बहस पैरवीलाई थप प्रभावकारी बनाउने रणनीति रहेको आयोजकले जानकारी दिएको छ।