बनेपा-५ का महिला सौन्दर्यकला सिक्दै (भिडियो सहित)


सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराको साथ शुरु भएको तालिममा २० जना महिलाको सहभागिता रहेको छ । तालिममा स्किन केयर, जुरो बनाउने, सेल्फ मेकअप, पार्टी मेकअप लगायत सामान्य बेहुली सिँगार्ने सम्मको सिप सिकाउने प्रशिक्षक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथी तथा बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले नगरपालिकाले विकास निमार्णसँगै मानविय बिकासमा काम गर्दै आएको बताइन् । नगरपालिकाले सम्पूर्ण गृहणी महिलालाई उद्यमी महिला बनाउने उद्धेश्यका साथ अगाडी बढीरहेको जानकारी दिँदै उपप्रमुख सापकोटाले यस्ता सीपमूलक तालिमले आर्थिक रुपले आत्मनिर्भर बनाउनको लागि टेवा पुर्याउने बताइन् । महिलालाई स्वरोजगार बनाउनका लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष बलराम अधिकारील जानकारी दिए ।
आफ्नो र आफ्नो परिवारको लागि मात्रै भएपनि सौन्दर्यकला सीप सिक्नु जरुरी भएको कार्यपालिका सदस्य समिता थापाले बताइन् ।

कार्यक्रममा वडा सदस्य सागर मानन्धर, वडा सदस्य कृष्ण गोपाल वैद्य , वडा सदस्य बिमला अच्छामी तोलाङ्गे र वडा सचिव राजु खत्रीको उपस्थित रहेको थियो । उद्घाटन सत्रको कार्यक्रम सहायक सचिव कल्पना जोशीले संचालन गरेकी थिइन् ।
भिडियोः