काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकप्टर नमोवुद्धमा आकस्मिक अवतरण

काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकप्टर नमोवुद्धमा आकस्मिक अवतरण गरेको छ । आज विहान ९ः३५ बजे हिल एभरेस्टको हेलिकप्टर नमोवुद्ध नगरपालिका वडा नम्बर ८ स्थित पिपलटारमा अवतरण भएको हो । काठमाडौंबाट लुक्ला उडेको हेलिकप्टर मौसम खराबीका कारण सकुशल आकस्मिक अवतरण गराइएको बताइएको छ ।