आज २५६८ औं बुद्ध जयन्ती, भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइँदै

काठमाडौं / शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

चण्डेश्वरी जात्रा
बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ ।  बिशेषत काठमाडौ नजिकैको वनेपा शहर र आसपासका क्षेत्रमा यस जात्राको रौनक रहने गर्दछ, यस जात्रामा बाजागाजा सहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलीपल्ट देवीको मुर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।
यस जात्राको अर्को रौनक भनेको कलनदान हो, जात्रामा भक्तजनको भीडमा प्रसादका रुपमा मासु फाल्ने चलन छ र यसरी मासुरुपी प्रसाद फलिनुलाई नै कलनदान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यस प्राचिन जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, रामेछाप लगायतका ठाँउवाट समेत मान्छेहरु आउने चलन छ । चण्डेश्वरी देवीको उत्पतिको विषय चण्डासुर नामक राक्षससंग जोडिन्छ, चण्डासुरले महादेबको वरदान पाएर उत्पात मच्चाउन थालेपछि देवी स्वरुपमा चण्डेश्वरीले चण्डासुरको वध गरेको कथन छ । चण्डासुरको मृत्युको खुशीयाली नै यस जात्राको रौनक रहेको वताइन्छ ।

वनेपा लगयातका आसपासका नेवा समुदायकोे आराध्यदेवकै रुपमा चण्डेश्वरीलाई लिइन्छ, चण्डशासुरको वध पछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजा सहितले वध स्वागत गरिएको र यसै खुशीयालीमा सत्ययूगवाटै यस जात्रा गरिआएको वताइन्छ । जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ । जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रुपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ, यस जात्रा सनातन सस्कार अनि प्राचिनतम सभ्यताको एउटा अलौकीक उदहारण हो । जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ । वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन छ ।

चण्डेश्वरी जात्राका अलावा काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । यस वर्षके चण्डेश्वरी जात्राको सबैलाई शुभकामना, चण्डासुरहरुको वध गर्न हरेक यूगमा चण्डेश्वरीको आगमन होस् ।

उभौली पर्व
अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कतिको तैयार हुनुहुन्छ त रु किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धीको कामना गर्दै नाचिन्छ है । आउनुहोस प्रकृतीका सन्तती, विश्व प्रसिद्ध किराँत समुदायले मनाउने यस वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौ । प्रकृतीका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउदछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ ।

कृषी उन्मुख यी दुई यस्ता पर्वहरु छन् जसले सम्पूर्णतया कृषी र वालीको जनाऊ दिनेगर्दछन्, यी दुईवटा पर्वहरुमा किराँत समुदायले मनाउने उभौली र उधौली पर्व हुन । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्वहरु जस्तै कि प्रकृती, आवहवा, देवीदेवता र पृथ्वीको आज पूजा गरिन्छ, काठमाडौको टुँडिखेल आज उभौलीको रौनकतामा हेर्नलायक देखिन्छ, पारम्परीक भेषभुषामा सजिएका किराँती समुदायका मान्छेहरु अनि गोलबन्द भएर पुरुष महिला सगैँ नाचेकोे अत्यन्त रसिक देखिन्छ है ।

पुरुषहरुलेकालो कोट, दौरारसुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन् भनेँ महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदैूसोइ ढोले सोइ अर्को ढोले खोइू भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा,बिनायोतथा हारी जस्ता बाजाहरु बजाउँदै अनि विभिन्न कृषीकार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।