सिरोहिया प्रकरणमा ओलीको प्रश्न– सरकारले लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको पक्षमा उभिरहेको बेलामा झापा पुगेका ओलीले बुधबार सिरोहियालाई गृहमन्त्रीको समाचारसँग जोडिएर पक्राउ गरिएको भनिएको कुरामा सत्यता नभएको जिकिर गरे ।
उनले सरकारले लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको हो ? भन्दै प्रतिप्रश्न गरेका छन ।