बनेपाको तिनधाराबाट चण्डेश्वरी मन्दिरमा खाली ‘रथ’ लैजाने तयारी

बनेपा/ १७ औं शताब्दीदेखि शुरु भएको बनेपाको ऐतिहासिक जात्राको खाली रथ तिनधाराबाट चण्डेश्वरी मन्दिर लैजाने तयारी शुरु भएको छ ।

तिनधारामा तयारी गरिएको खाली रथ चण्डेश्वरी मन्दिर पु¥याए पछि देवता राखेर फर्काउने चलन छ । हरेक बर्ष बैशाख पुर्णिमाका दिन मनाउने उक्त जात्रा अष्टमीका दिन देखि शुरु भएको थियो । नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले जात्राको ब्यवस्थापन सहज रुपले गरिएको बताए ।
२०७६ र २०७७ सालमा कोभिड महामारीका कारण जात्रा स्थगित भएको थियो । १७ औ शताब्दी देखि शुरु भएको चण्डेश्वरीको जात्रा स्थगतीत भएको पहिलो घटना थियो । चण्डेश्वरी जात्राको खाली रथ बुद्ध पूर्णिमाका दिन चण्डेश्वरी माईको मन्दिरमा पु¥याई भोलिपल्ट चण्डेश्वरी मन्दिरबाट देउता राखेर फर्काईन्छ । नगरपालिकाले जात्राको अवसर पारी सार्वजनिक विदा दिदै आएको छ ।

हरेक वर्ष वैशाख शुक्लचण्डी पूर्णिमाको दिन बनेपाको ७ गाउँले मनाउँदै आएको आराध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रामा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहने गरेको थियो । हजारौ ब्यक्तिले जात्राको अवलोकन गर्दै आएका छन् । जात्रामा बनाईने रथमा पाँग्रा हुँदैन, तान्ने पनि होइन । यसलाई काँधमा बोकिन्छ । रथ जात्रा सुरु भएदेखि नै बजारका दाँया–बायाँका घरका झ्यालबाट पूजा गर्ने, चटामरी चढाउने चलन छ । चण्डेश्वरी जात्रामा पहिलो दिन रथ लैजाने र भोलीपल्ट फर्काउने गरिएको छ ।

जात्राको पहिलो दिन पूर्णिमाको बिहानै देखि आराध्यदेवी चण्डेश्वरीमा भक्तजनहरुको भीड लाग्छ । पहिलो दिन चिराग बालेर बनेपाको लायकुबाट चण्डेश्वरी हुँदै जलेश्वरसम्म पुगेर बिर्सजन गरिन्छ । जात्रामा चिराग पूजालाई मःतपूजा नामले चिनिन्छ । यसलाइ जात्रा सुरु भएको मानिन्छ । यो पूजाबाट जलेश्वर महादेवले मनको इच्छा पूरा गरिदिने जनविश्वास छ । उक्त दिन निःसन्तान, बाँझोपन भएका र गर्भपतन भएका महिलाहरुले स्नान ग¥यो भने अर्को पटक गर्भ रहने विश्वास गरिन्छ ।

पूजाआजाको साथमा धिमेवाजा अन्य बाजागाजाका साथ सबै हर्षोउल्लासले रथ बोक्दै रमाउँदै हिँड्छन् । बनेपाको लायकुबाट सुरु भएको रथ चण्डेश्वरीसम्म पु¥याईन्छ । जाँदा रित्तो रथमा भोलिपल्ट चण्डश्वरीको मूर्ति राखेर बनेपा बजार घुमाईन्छ । मन्दिर प्राङगणमा पुगे पछि एक रात रथ त्यहीँ रहन्छ । जात्रा मुख्य रुपमा दुई दिन मात्र मनाईए पनि जात्राको पूजा सम्बन्ध फागु पूर्णिमाको दिन देखि जोडिन आउँछ ।

फागु पूर्णिमाको दिन चण्डेश्वरीमा पुजारीको तर्फबाट चण्डेश्वर महादेव र चण्डेश्वरीको निम्तो पूजा गर्नुपर्ने चलन छ । बनेपाको घोगेचौरको उकालोमा नबिसाई रथलाई बोक्नुपर्ने हुन्छ । यो बेलामा बनेपा लगायत अन्य जिल्लाका स्थानीयहरुको जात्रा हेर्ने भीड धेरै हुने गर्छ । घोकेचौरबाट ओरालो लागेर भैरब कुण्डमा पुगेपछि रथ हेर्नेको भीड अझै बढ्छ । त्यहाँ देवतालाई स्नान गराइन्छ । जब रथ बनेपा बजारमा भित्रिन्छ, द्धारे मार्फत लशकुश पूजा गरिन्छ । त्यस बेलासम्म देवीको मुख (अनुहार) ढकनीले छोपेको हुन्छ । यस ठाँउमा पुगेपछि भोछिभोयाका दूधे बालकबाट ढकनी हटाई बनेपा बजार भर धुमधामका साथ रथ जात्रा गरिन्छ ।
रथ बोक्नेहरुलाई भिजाएको केराउ, विभिन्न फलफूल, चिसो पेय पदार्थ, रक्सी खुवाउने पनि चलन छ । पूर्णिमाको अघिल्लो रातमा चण्डेश्वरी मन्दिरमा १२ ओटा कालो निख्रा बोकाको बलि पूजा गरिन्छ । त्यसै दिन बोकाहरुको मासु बनेपाको ‘न्हयकंचपा’ भन्ने स्थानमा कलनदान गरिन्छ, मासु छरिन्छ, छरिएको मासु भेटाउने भाग्यमानी मानिन्छ । यस पछि देवतालाई काँधमा राखि चण्डेश्वरी फर्काइन्छ र जात्रा समापन भएको मानिन्छ । जात्रा सकिएको भोलिपल्ट १२ बजेसम्म मात्र मन्दिर खुल्ला हुन्छ । त्यस पछि वर्ष भरिको लागि मन्दिर बन्द हुन्छ । जात्राका लागि बनेपा नगरपालिका, मालपोत कार्यालय मार्फत नेपाल सरकार र अन्यक्षेत्रबाट समेत गरी झण्डै ३० लाख सरकारी रकम खर्च हुँदै आएको छ ।

बनेपा नगरपालिकाले बनेपामा हुने भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्यपूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च गर्दै आएको छ । जात्रामा कम्तीमा १४ वटा बलि पूजा समेत गरिन्छ । चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएकाले चण्डेश्वरी देवीले दैत्य राजचण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको छ ।

वंशावली अनुसार सत्ययुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भए पछि देवलोकमा देवी चण्डेश्वरीको बाजा गाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको हो । नेपाल संवतको सुरुवात देखि नै नेपालमा जात्राको सुरुवात भए अनुसार काभ्रेमा जात्रा गर्ने प्रचलन रहेको छ ।