आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले नीति कार्यक्रम बहुमतले पारित गरेको हो । 

नीति कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेको जानकारी दिए ।