काभ्रेमा तीन जघन्य अपराध , कहिले पक्राउ पर्छन् मुख्य अभियुक्त ?


घटना : २
काभ्रेको पाँचखाल ४ जिरोकिलो स्थित मेलम्ची जाने सडक खण्डबाट ५० मिटर तल रुखमा बाँधेर जलेको अवस्थामा शव फेला प¥यो । प्रहरी शुरुमा शव कसको हो भन्ने अनुसन्धानमा थियो । पीडित परिवारका सदस्यहरु आफैले पहिचान गरे पछि प्रहरीलाई सहज भयो । तर घटना के हो ? कसरी भयो ? हत्या कि आत्महत्या ? प्रहरी अझै दुविधामा छ ।
दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ६ घर भएका ५४ वर्षिय विष्णुप्रसाद सुवेदी ब्यवसायी हुन् । २०८१ जेठ१ गते मंगलबार प्रहरीले उनको शव आफन्तलाई जिम्मा लगाएको छ । बैशाख २८ गते स्थानीयले जंगलमा शव रुखमा बाँधेर जलिसकेको अवस्थामा देखेका थिए । तत्कालै प्रहरीलाई खवर गरे पछि प्रहरी घटनास्थल पुगेको थियो । शव भुईमा आफै बसेको हो वा राखिएको हो ? पेटमा बाँधिएको तार आफै बाँधेको हो कसैले बाँधि दिएको हो ? मुखमा पुगेको तार कसरी त्यस्तो भयो ? मुख भित्र ढुंङ्गा कसरी पस्यो ? आगो खुट्टाबाट लाग्यो ? जल्नु अघि जिउँदै थियो । प्रेटोल आफै लिएर गयो वा अरु कसैले लगेर छर्कियो ? शंकास्पद घटना र अनुसन्धानलाई तिब्र बनाउन अनुरोध भए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।
२०८१ वैशाख २३ गते टिकाथलीबाट दोलखा हिँडेका विष्णुप्रसाद सुवेदी केहि महिना देखि मानसिक तनावमा थिए । उक्त दिन विहान घरबाट हिडेका सुवेदीले घरमै मोवाईल र घडी लगायतका महत्वपूर्ण सामान राखेर केहि रकम लिएर बस चढेका थिए । साथमा मोवाईल समेत नबोकेका सुवेदी किन पाँचखालमा ओर्लिए ? ओर्लने वितिक्कै नचिनेका ब्यक्तिसँग मोवाईल मागेर घरमा फोन गरेर केहि दिन नआउने बरु खाना खाएर बस्न किन भने ? विहान छोरा पनि दोलखा हिडेका थिए । उनले आफु पनि जाने कुरा किन बताएनन् ? दिनभर उनि त्यहि मात्रै किन डुलिरहे ? प्रश्नहरु अनुत्तरित छन् । पारिवारीक तनावमा रहेको उनका छोराहरुले सामाजिक संजालमा बताएका थिए । ‘बुबा तपाई जहाँ भए पनि फर्कनु हामी घरको कुरा मिलाउँछौं’–परिवारका सदस्यले भनेको भिडियो भाईरल भएको थियो । चरिकोटमा दुईवटा, ललितपुरको टिकाथलीमा दुईवटा घर थिए । सम्पतिको समस्या थिएन । ऋण पनि थिएन । दुई छोराले ब्यवसाय सम्हालेका थिए । एक छोरी छिन् । तर पनि उनि समस्यामा थिए ।
सुवेदीका दाँत, शरिरका घाउहरु, कोठी लगायतबाट शवको पहिचान भएको हो । वैशाख २८ गते ८ः३० बजेको समयमा पाँचखाल नगरपालिका ४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अंन्दाजी ५० मिटर तल बिराजे खोल्सा जङ्गलमा शव फेला परेको थियो । मुख र छातिमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अबस्थामा मृत लाश फेला परेको प्रहरीले जनाएको थियो । मृतकका छोरा ३० बर्षिय सुमन सुबेदीले अस्पतालको लाश गृहमा गई हेरी देखि उक्त लाशको मुखको माथिल्लो भागमा ३ वटा र तल्लो भागको दाँया पट्टी ४ वटा र बाँया पट्टी ५ वटा रहेको दाँत अस्पतालको रिपोर्टबाट नक्कली रहेको मृतकको छोरा सुमन सुबेदीले थाहा पाई दाँतको आधारमा मृतक लाश बुवाको भएकाले सनाखत गरी बुझेका थिए । प्रहरीले अझै घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।

