धुलिखेल वडा नम्वर ३ का महिलालाई सिलाई कटाई सम्वन्धी तालिम

धुलिखेल/धुलिखेल नगरपालिका अन्र्तगत रहेको महिला परिषद्को सहयोग तथा वडा नम्वर ३ को आयोजनामा वडा नम्वर ३ का बेरोजगार १५ जना महिलाहरुलाई सिलाई कटाई सम्वन्धी ४५ दिने आधारभुत तालिम शुभारम्भ गरिएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले तालिमको शुभारम्भ गर्दै महिला परिषद तथा अन्य परिषदहरुबाट हरेक बेरोजगार नागरिकहरुलाई सिप उपलब्ध गराई आत्मनिर्भर बनाउने प्रयत्न गरिएको बताए ।
कार्यक्रममा वडा अध्यक्ष गणेश आचार्यले वडाका नागरिकहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम प्रारम्भ गरिएको बताए । सिप सिकेकाहरुलाई ब्यवसायीक जीवनमा सक्रिय रहन अनुरोध गरेका थिए । ४५ दिने तालिमका लागि प्रशिक्षक लजना तखाँक्षे श्रेष्ठले प्रशिक्षण दिने छिन् ।
