धुलिखेलमा किशोरी लक्षित प्रतिभा पहिचान अन्तर्गत वक्तृत्वकला र चित्रकला प्रतियोगिता

धुलिखेल/धुलिखेल नगरपालिकाले किशोरी लक्षित प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत नगर क्षेत्र भित्रका १८ वटा विद्यालयका कक्षा ९–१२ अध्ययन गर्ने छात्राहरुलाई सहभागि गराई लैङ्गिक हिंसा न्युनिकरणमा विद्यार्थीको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ भने कक्षा ६–८ का छात्राहरु सहभागि गराई २६ वटा विद्यालयबाट लैङ्गिक हिंसाको न्यूनिकरणको आधार महिला शिक्षा, श्रम र अवसरमा समान अधिकार शिर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताको उद्घाटन नगर प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच गरेका थिए । सामाजिक विकास समितिका संयोजक गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरी बक्तृत्वकला तर्फ सञ्जिवनी मावीकी रेविका बोगटी प्रथम भईन् ।

त्यस्तै हनुमान मावीकी रजनी दुलाल दोश्रो, सरस्वती मावीकी मुना कुँवर तेश्रो र सेतिदेवी मावी तथा धुलिखेल हाईस्कुलकी सृष्टी मानन्धर सान्त्वना भए । प्रथम हुनेलाई नगद ५ हजार, दोश्रोलाई ४ हजार, तेश्रोलाई ३ हजार र सान्त्वना पुरस्कार एक÷एक हजार उपलब्ध गराईएको थियो ।

चित्रकला तर्फ धुलिखेल हाईस्कुलकी स्मारिका लामा प्रथम भईन् । उनले नगद ३ हजार प्राप्त गरिन् । इम्मानुयल स्कुलकी रिजना तामाङ दोश्रो भईन् । उनले नगद २ हजार प्राप्त गरिन् । सञ्जिवनी मावीकी अस्मिता श्रेष्ठ तेश्रो भईन् ।

उनले १ हजार ५ सय नगद प्राप्त गरिन् । बक्षलादेवी आधारभुत विद्यालयकी कोपिला गौतम र पञ्चकन्या आधारभुत विद्यालयकी अञ्जली धामी सान्त्वना भए । उनिहरुले नगद एक÷एक हजार प्राप्त गरे ।

विजयीहरुलाई प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, अधिकृतहरु भोजकुमार ठकुरी, पुजा काफ्ले, सामाजिक विकास समिति संयोजक गणेश आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संगिता भण्डारीले संचालन गरेकी थिईन् ।