सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमति जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरूसँगै कार्यदलका सदस्यहरूसँग एकसाथ छलफल गरिरहेका छन् ।

 

 

बैठक दाहाल निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा काँग्रेसका उप सभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी छन् । 

यस्तै,नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुँदा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र सन्तोष परियारलगायत सहभागी छन् ।