बेरुजु शुन्य हुनेमा स्थानीय सरकार मध्ये नमूना काभ्रेको महाभारत

धुलिखेल/महाभारत गाउँपालिकामा शुन्य बेरुजु देखिएको छ । नेपालका ७ सय ५३ वटा स्थानीय सरकार मध्ये ७ सय ४६ वटा स्थानीय सरकारको लेखापरिक्षण गरिएको थियो । जसमध्ये ५ वटा स्थानीय तहमा शुन्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिका शुन्य बेरुजु भएका पाँच मध्ये परेको छ । जिल्लाका १३ वटा पालिकाहरु मध्ये बेरुजु शुन्य बनाउने अभियानमा निरन्तर सक्रिय महाभारतले यो वर्ष पनि धेरै स्थानीय तहलाई उछिनेको छ । 
महालेखापरिक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष  २०७९/२०८० मा भए गरेका आर्थिक कृयाकलापहरु समेटिएको छ । महाभारत पछि कम बेरुजु भएको पालिकाका रुपमा पनौती परेको छ ।
पनौतीमा ०.२२ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै रोशी गाउँपालिका ०.६६ प्रतिशत बेरुजु भई तेश्रो भएको छ । भुम्लु गाउँपालिकामा सबै भन्दा धेरै ३.२६ प्रतिशत बेरुजु देखिएको छ । नमोबुद्ध नगरपालिकामा ३.२६ प्रतिशत बेरुजु देखिएको छ । 
विकासका हिसावले  पछि परेको तथा भौगोलिक विकटतामा रहेको महाभारतले फेरी एक पटक सबैको मन जितेको छ । खानीखोला गाउँपालिकाले पनि बेरुजुमा आफुलाई कम गराएको छ । खानीखोलामा १.१९ रहेको छ । बनेपा नगरपालिकामा १.०२ प्रतिशत बेरुजु देखिएको छ । बेथान्चोक गाउँपालिकामा १.२१ प्रतिशत बेरुजु रहँदा मण्डनदेउपुरमा १.४२ र धुलिखेलमा १.६३ प्रतिशत बेरुजु देखिएको छ । चौरीदेउराली गाउँपालिकामा १.७९ र पाँचखाल नगरपालिकामा १.९९ प्रतिशत बेरुजु देखिएको छ ।
महाभारत गाउँपालिकामा १ अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरिक्षण भएको थियो । पनौती नगरपालिकाले २ अर्ब ६६ करोड, रोशी गाउँपालिकाले १ अर्ब ८२ करोड, भुम्लुमा १ अर्ब २० करोड, नमोबुद्ध नगरपालिकाले १ एक अर्ब ५६ करोड, पाँचखाल नगरपालिकाले १ अर्ब ८५ करोड, चौरीदेउरालीले १ अर्ब १ करोड, धुलिखेल नगरपालिकाले मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ६७ करोड, बेथानचोक गाउँपालिकाले १ अर्ब ४२ करोड, खानीखोला गाउँपालिकाले ८० करोड ८६ लाखको लेखापरिक्षण गराएको थियो ।
कुन पालिकामा कति बेरुजु प्रतिशत