बजेटअघि नै संसद्‌को अवरोध हटाउने तयारी

काठमाडौ/ सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेशमा दलहरू लगभग सहमत भएका छन् । सोमबार अबेर रातिसम्म प्रधानमन्त्रीसहित बालुवाटारमा बसेको दलहरूको बैठकमा समितिको कार्यादेशबारे सहमति भएको नेताहरूले बताएका छन् ।

त्यसलाई अन्तिम रूप दिन भने बाँकी छ । समितिको कार्यादेश बनाउन गठित कार्यदलले आज छलफल गरेर सबै टुंग्याउने नेताहरूको भनाइ छ । हिजो ‘सहमतिनजिक पुगेको’ भनिएको कार्यदलको बैठक आज पुनः बस्ने भएको हो ।

बैठक बिहान ११ बजे बस्दै छ । आज दिउँसो १ संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुअघि नै समिति बनाएर संसदको अवरोध हटाउने दलहरूको तयारी छ ।

समितिमा सहमति जुटाउने प्रयोजनका निम्ति सोमवार साँझ अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीसँगै सत्तारूढ एमाले र रास्वपाका नेताहरूबीच छलफल भएको थियो ।

छलफल सहमति नजिक पुगेको कांग्रेस नेता जीवन परियारले लोकान्तरलाई बताए । ुछानबिन समिति गठन गर्न हामी सहमतिनजिक पुगेका छौं, उनले भने, आज पुनः बैठक बसेर यसलाई सार्थक रूप दिनेछौं । कार्यदल बसेर टुङ्गो लगाउँछ ।

दिनभरिको छलफल निराशाजनक बनेको बेला सोमवार साँझ अबेरसम्म बसेको बैठकमा सहमति जुट्ने सम्भावना देखाएको हो ।

गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसले उनी केन्द्रित समिति गठनको माग गर्दै आएको छ । तर सत्तापक्षका एमाले र रास्वपाले कुनै हालतमा व्यक्ति केन्द्रित समिति गठन नगर्ने अडान लिएका कारण सहमति हुन सकिरहेको छैन । दुवैको अडानबीच प्रतिनिधि सभा बैठक खुलाउने गरी प्रधानमन्त्रीले छलफल गरेपछि निष्कर्षमा पुग्ने देखिएको हो ।

कांग्रेस नेताहरू छलफलमै आएको बेला सोमबार साँझ बालुवाटारमा संसदीय छानबिन समिति गठनको लागि टीओआर बनाउने कार्यदलको बैठक पनि बसेको थियो ।

उनले आज बस्ने संसदको बैठकले संसदीय छानबिन समिति गठन गर्ने बताए । ुसंसदीय समिति आज नै बस्ने संसदको बैठकबाट बन्छ,ु उनले भने, ुसमिति बनाउँदा सात सदस्य बनाउने कुरा भएको छ । जसमा नेपाली कांग्रेसबाट दुई एमालेबाट दुई माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकरएक र अन्य एक दलका सदस्य हुनेछन् ।ु

उनले समिति बनाउन सबै दलहरू तयार भएको दाबी गरे पनि टीओआरमा गृहमन्त्री लामिछानेको नाम राख्ने या नराख्ने भन्ने अझै टुंगो नरहेको बताए । ुभाषाशैलीमा अझै कुरा मिलेको छैन, उहाँहरू गोर्खा मिडियाको नाम लेख्न पनि तयार हुनुभएको छैन,ु उनले भने, ुतर केही न केही सहमति गरेर जाने भन्नेमा छौं । नमिलेका विषयहरूलाई कार्यदलले नै अन्तिम टुङ्गो लगाउनेछ ।ु