बजेट भाषण ३ बजे

मंगलबार १ बजे हुने भनिएको बजेट भाषण ३ बजेका लागि सारिएको छ । सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि सारिएको हो सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
संसद्मा प्रस्तुत गर्न लागिएको बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको हो । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्को बैठकले बजेट पारित गर्नेछ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् ।