गणतन्त्र दिवसमा अनेरास्ववियुले गर्‍यो काभ्रेमा कविता प्रतियोगिता

बनेपा/बनेपामा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काभ्रेको ब्यवस्थापन तथा रचनात्मक तथा सामाजिक सरोकार विभागको आयोजनामा कविता बाचन प्रतियोगिता आयोजना गरिएको छ ।

केन्द्रिय अध्यक्ष समिक बडालले प्रतियोगिताको शुभारम्भ गर्दै विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रमबाट अधिकार स्थापित गराउन संगठित गराउने बताए ।

‘कुनै समय थियो विद्यार्थीहरुले ब्यवस्थाका लागि लड्नु पर्ने, अहिले ब्यवस्थाका लागि भन्दा अवस्थाका लागि संर्घर्ष गर्नु पर्ने भएको छ’–अध्यक्ष समिक बडालले भने–‘असल नागरिक निर्माण गर्ने, विभिन्न कृयाकलापमा संलग्न गराउँदै राष्ट्र निर्माणका लागि हरेक क्षेत्रमा संलग्न ब्यक्ति उत्कृष्ट बनाउने अभियानमा अनेरास्ववियु सक्रिय छ ।’ विद्यार्थीहरुलाई नर्सरीका रुपमा लिदै नर्सरीमा राम्रो गर्दा अगामी दिनमा उत्पादन गर्ने विरुवा र त्यसबाट दिने फल समेत राम्रो हुने अपेक्षा गरिएको बताउँदै अध्यक्ष बडालले रचनात्मक कृयाकलापमा जोड दिएको बताए ।

विद्यार्थी महोत्सव लगायतका कार्यक्रमहरुबाट विद्यार्थीहरुको जीवन सहज र सरल बनाउन, राष्ट्र निर्माणमा योगदान दिन सक्ने खालका योजनाहरु निर्माण गर्न, प्रविधी र विद्यार्थीको सम्वन्धलाई अmझै कसिलो बनाउँदै मुलुक निर्माणमा योगदान दिन विद्यार्थीहरुको भूमिका र महत्वलाई बढाउन सहज हुने उनले बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष मिलनकुमार गौतमले विद्यार्थीहरुका अधिकारका लागि कानूनी लडाई समेत शुरु गरिएको बताउँदै गुणस्रीय शिक्षा, निशुल्क पढ्न पाउने अधिकार लगायतका विषयमा अनेरास्ववियु कानूनी उपचारमा रहेको बताए ।


विभागका संयोजक आयुष बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुनिता थापा, सुमन जैरु, बागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दाहाल, अनेरास्ववियुका पुर्व अध्यक्षहरु, इन्चार्जहरु, विद्यार्थी नेताहरु सहभागि थिए ।

प्रतियोगितामा हरिप्रसाद तिमल्सिना, बैकुण्ठ न्यौपाने र रामचन्द्र भट्टराईले निर्णायकको भूमिका निभाएका थिए । प्रतियोगितामा सहभागि विद्यार्थीहरु मध्ये जनक मावीमा अध्ययनरत विद्यार्थी अन्जली काफ्ले प्रथम भईन् । त्यस्तै सञ्जिवनी मावि धुलिखेलका विद्यार्थी समिर खनाल दोश्रो भए भने बालउज्जवल माविका विद्यार्थी मनिषा घोरसाईने तेश्रो भए ।

विजयी विद्यार्थीलाई नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार उपलब्ध गराईएको छ । प्रतियोगितामा ७६ जनाले कविता प्रतियोगितामा सहभागिता जनाएका थिए ।