राष्ट्रिय ललितकला पुरस्कारबाट बनेपाका फोटोग्राफी बैद्य पुरस्कृत

बनेपा/ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा समाबेश भएका कलाकृतिहरु मध्ये फोटोग्राफी विधामा बनेपाका रामगोपाल (गोपाल) बैद्य उत्कृष्ट भएका छन ।
बैद्यलाई राष्ट्रिय ललितकला पुरस्कारबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले पुरस्कृत गरेका छन । गणतन्त्र दिवसका अबसरमा भएको राष्ट्रिय ललितकला प्रर्दशनी २०८१ मा बैधलाई नगद सहित सम्मान गरिएको थियो । प्
रर्दशनी गण्तन्त्र दिवसको दिन जेठ १५ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा गरिएको थियो । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मङ्लवार बाट सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।
प्रदर्शनीमा पुरस्कृत हुनुहुने सर्जक कलाकारहरू अझ सक्रियताका साथ कला सिर्जनामा लाग्न तामाङले आग्रह गरेका छन ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउनका लागि प्रतिष्ठानले काम गरिरहेको बताए ।
प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्व रहेको बताएका छन । प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८० मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो ।