काभ्रेको महाभारतमा गोरु खोज्न गएका सन्जबहादुरको भीरबाट लडेर मृत्यु

महाभारत, काभ्रे । काभ्रेको महाभारतमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गोरु खोज्न जानेक्रममा महाभारत गाउँपालिका–८ पात्ले छाँगा भीरबाट लडेर मृत्यु भएको हो ।

सिन्धुलीको मरिण गाउँपालिका – १ का ४५ वर्षको सन्जबहादुर जिम्बाको मृत्यु भएको इलाका प्रहरी कार्यालय देविटारका नायव निरिक्षक (सइ) देवेन्द्र भुजेले जानकारी दिए । भीरबाट लडेर उनको घटना स्थलमै मृत्यु भएको हो ।

गोरु खोज्ने क्रम एकजना साथी रहेको र उनीहरूले अत्यधिक मदिरा सेवनको कारणले भीरबाट लडेको प्रहरीले अनुमान गरेको छ । हराएका उनलाई नभेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, स्थानीय, जनप्रतिनिधिहरू सबै मिलेर खोज्दा बुधबार भीरबाट लडेर मृत अवस्थामा फेला परेको स्थानीय युमेश थिङले बताए ।