नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द

काठमाडौं/ आइसीसी टी-२० विश्वकप क्रिकेटअघि तय भएको नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । नेपाली समयाअनुसार गएराति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन सकेन ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिलो वार्म अप खेलमा नेपाल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।
यसअघि अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो ।