सिन्धुलीमा बस दुर्घटना हुँदा बैंकका २५ कर्मचारी घाइते

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा बस दुर्घटना हुँदा द्द२५ जना बैंकका कर्मचारी घाइते भएका छन ।

बिहीबार भएको पर्यटक बस दुर्घटनामा २५ जना कर्मचारी घाइते भएका हुन्।

ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बाग्मती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो।

बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरू बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए। बस सडकबाट ३० मिटर खसेको थियो।