साउदीमा कलाकार प्रिती आले र टंक बुढाथोकी आउँदै

बिष्णु घिमिरे, साउदी
ख्यातिप्राप्त कलाकार प्रिती आले तथा टंक बुढाथोकी साउदी अरेबिया आउँने भएका छन । एनआरएन साउदी अन्तर्गत डिभिजनमा रहेका आरसिसि रियाद तथा आरसिसि ताबुकले आफ़्नो बार्षिकोत्सव तथा ईदको अवसर पारि द्वोय कलाकार लाई आमन्त्रित गरेका हुन्।
आयोजकका अनुसार साउदीमा कार्यरत नेपालीहरुलाई मनोरञ्जन दिनुको साथै कार्यक्रमबाट बचेको रकमलाई साउदीमा बिभिन्न कारणले अलपत्र परेका नेपालीहरुको उद्दारको लागि नै सहयोग गरिनेछ।
कार्यक्रम यहि आउँदो १४ जुनमा तामुक शहर तथा १६ जुनका दिन रियाद शहरमा हुने भएको छ भने कार्यक्रम शुल्क ५० रियल तोकिएको छ । साथै कार्यक्रम हेर्नेका लागि आउने जानको लागि अवस्था अनुसार यातायातको व्यवस्था निःशुल्क समेत गरिएको आयोजकले बताएको छन ।
साउदी अरेबिया पछिल्लो समय नेपाली कलाकार आउँने क्रम जारि छ । पारिवारिक समाजले धुर्मुस सुन्तली, पशुपति शर्मा,र झापाली समाजले प्रमोद खरेल लगत्तै द्वोय प्रिती आले र टंक बुढाथोकी आउन लागेका हुन । कार्यक्रममा प्रिती आलेको सोल्टी तुम्लेट, नयाँ साथि, सुर्ती,नानिको कहाँ पर्यो घर, भरिया बरि लै तथा टंक बुढाथोकीको चुम्के थैलि, रातो गुलाब,चौरिको चाम्रो छुर्पी,करकर जस्ता गीतहरुबाट मनोरंजन दिने रहेको छ भने आयोजकले साउदीमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई समय र स्थान अनुसार कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।