गर्मीमा कसरी खाने सख्खर ?

 सख्खरमा प्रशस्त मात्रामा पौष्टिक तत्व हुने भएकाले यसलाई समग्र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । जाडोमा सख्खर (यसलाई गुड पनि भन्ने गरिन्छ ) खान सिफारिस गरिन्छ । तर, गर्मीमा सख्खरको प्रभाव तातो हुने भएकाले यसबाट बच्नुपर्छ भनिन्छ । तर यदि तपाई चाहनुहुन्छ भने गर्मीमा पनि यसलाई सामान्य रूपमा खान सकिन्छ । गर्मीमा पनि सख्खर खानु फाइदाजनक हुन्छ । आज हामी गर्मीमा सख्खर कसरी खाने ? सख्खर खानुका फाइदाहरु के-के हुन् ? भन्ने बारेमा जानकारी दिनेछौं । 

गर्मीमा सख्खर कसरी खाने ?
गर्मीमा सख्खर खानका लागि राति एक गिलास पानीमा एक टुक्रा सख्खर मिसाएर राख्नुहोस् । बिहान यो पानी पिउनुहोस् । यस्तो गर्नाले सख्खरको प्रभाव सामान्य हुन्छ, त्यसैले गर्मीमा यसलाई सजिलै लिन सकिन्छ ।

गर्मीमा सख्खऱ खानुका फाइदाहरू

रगतको कमी हटाउन : गर्मीमा सख्खर खाँदा रगतको कमी पूर्ति गर्न सकिन्छ । सख्खरमा फलामको मात्रा राम्रो हुन्छ । यसको नियमित सेवनले होमोग्लोबिनको स्तर बढ्छ । यदि तपाईलाई एनिमिया छ भने गर्मीमा पनि सख्खरको सेवन गर्दा फाइदा हुन्छ ।

पाचन सुधार : गर्मीमा पाचन क्रिया सुस्त हुन्छ, त्यसैले पाचन सम्बन्धि धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । सख्खरमा इन्जाइम हुन्छ, जसले खाना पचाउन मद्दत गर्छ । कब्जियत, ग्यासको समस्या भएकाहरूका लागि सख्खर खानु निकै फाइदाजनक मानिन्छ ।

वजन घटाउन : बिहान खाली पेटमा सख्खरको पानी पिउनाले पनि तौल घटाउन मद्दत गर्छ । सख्खरमा पाइने तत्वले पेट घटेको महसुस गराउँछ, भोक लाग्दैन र तौल नियन्त्रणमा रहन्छ । सख्खरको पानी पिउनाले अतिरिक्त बोसो घटाउन पनि मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन : मौसम जुनसुकै होस्, रोगसँग लड्नको लागि बलियो प्रतिरक्षा प्रणाली हुनु धेरै महत्त्वपूर्ण छ । कतिपयलाई गर्मीमा पनि चिसो हुने समस्या हुन्छ । यस्ता व्यक्तिले सख्खर खाना लाभदायक हुन सक्छ । सख्खरमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई फ्री रेडिकलबाट हुने क्षतिबाट बचाउँछ ।

यदि तपाईलाई कुनै गम्भीर स्वास्थ्य समस्या छैन भने तपाईले रातभर सख्खर पानीमा भिजाएर बिहान सेवन गर्न सक्नुहुन्छ । यसबाट सख्खरको प्रभाव सामान्य हुन्छ र गर्मी उत्पन्न गर्दैन ।