प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सार्वजनिक गरिन् ९ महिनाका ७० वटा मुख्य उपलब्धि

धुलिखेल/प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा कार्यकाल अवधीमा भएका महत्वपूर्ण गतिविधीहरुलाई सूचिवद्ध गर्दै विदाई भएकी छिन् ।

२०८० भाद्र १८ गते हाजिर भएकी शर्माको २०८१ बैशाख १६ गृहमन्त्रालयले बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा निकालेको थियो । उनको स्थानमा मकवानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत सुर्यप्रसाद सेढाईको सरुवा भएको छ । प्रजिअ शर्मा आईतबार २०८१ जेठ २० गते विदाई भएकी हुन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले कार्यकालको ९ महिना अवधीमा कार्यसम्पादन, सेवा प्रवाह र सुशासन कायम राख्न भएका मुख्य ७० वटा उपलब्धी भएको सार्वननिक गरिन् । विशेषगरी लैङ्गिकमैत्री सेवा, अशक्त, अपाङ्गता, जेष्ठ नागरिक र गर्भवति महिलाहरुका लागि विशेष प्रकृतिका सेवा उपलब्ध गराएको बताउँदै प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने प्रयत्नमा पनि कार्यकाल सफल रहेको बताईन् ।

एकाध घटनाका बारेमा अनुसन्धान भईरहेको बताउँदै प्रजिअ शर्माले जिल्लाबासीहरुलाई धन्यवाद दिदै नागरिकमैत्री सेवाका लागि पूर्वाधार लगायतका क्षेत्रमा सुधारात्मक कार्य गर्न आवश्यक रहेको बताइन् । उनले सार्वजनिक गरेका मुख्य बुँदाहरु जस्ताको तस्तैः

कार्यसम्पादन गरिएको मुख्य मुख्य कार्यहरु
सेवाप्रवाह र सुशासन कायम राख्न गरिएका प्रयासहरु

 

  • नागरिकता राहदानी राष्ट्रिय परिचयपत्र नावालक संस्था दर्ता सिफारिस गरी जम्मा ६४९१४ जनालाई प्रत्यक्ष सेवा प्रवाह गरिएको ।
  • गैर आवासिय नागरिकता ५१ वटा र आमाको नामवाट १४ वटा नागरिकता जारी भएका ४६, जनाको नागरिकता परित्याग भएको ।
  • हाल राष्ट्रिय परिचयपत्र दैनिक ५०० ।५०० जनाकोमा Message गरि कार्ड वितरणको व्यवस्था मिलाइएको ।
  • जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको ।
  • अशक्त अपांग ज्येष्ठ नागरिक गर्भवती महिलालाई प्राथमिकतामा राखी सेवा प्रवाहको व्यवस्था गरिएको
  • राष्ट्रिय परिचयपत्र तथा राहदानीको सेवामा टोकन प्रणालीको प्रयोग र निशुल्क कार्यालयवाटै फाराम भरी वाहिरी विचौलियाको अन्त गरिएको ।
  • अपांगलाई प्र जि अ घरमै पुगी नागरिकता वितरण
  • कार्यालयलाई अपांगमैत्री वनाउन तथा प्र जि अ समक्ष सिधै गुनासो राख्न सक्ने वनाउन अपांगमैत्री र्याम्प र ह्वील चेयरको व्यवस्था गरिएको
  • कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको
  • सेवाग्राहीले कार्यालय प्रमुख जिल्ला अधिकारीलाई सहजै भेट्ने गुनासो राख्ने समस्या समाधान गर्न सहज बनाइएको
  • जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको ।
  • कर्मचारी उत्प्रेरणा गर्न प्रत्येक मासिक वैठकमा प्रत्येक महिना उत्कृष्ट सेवा गर्ने कर्मचारी घोषणा गरी प्रमुख जिल्ला अधिकारीवाट डायरी र कलम प्रोत्साहन गरिएको
  • शनिवार वाहेकको सार्वजनिक विदामा नागरिकता राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा निरन्तर दिइएको ।
  • नियमित रुपमा मासिक कार्यालय प्रमुख र सूचना अधिकारीको वैठक राखी, सेवा प्रवाह, विकास निर्माण, अन्तरनिकाय समन्वयका विषयमा समाधान भइराखेको ।
  • सबै कार्यालयमा सूचना अधिकारी तोक्न लगाई सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाइएको
  • नियमित रुपमा सरकारी कार्यालयको अनुगमन गरी कार्यालय समयको नियमितता ड्रेस, सेवा प्रवाह, गुनासो फर्छ्यौटको अनुगमन गरी सुधार सहितको निर्देशन भएको ।
  • सेवा प्रवाह र विकास निर्माण सम्बन्धमा गुनासो फर्छौट – ९५%
  • निर्माणाधिन आयोजनाको अनुगमन तथा समयमै सम्पन्न गर्न सरोकारवालासँग समन्वयात्मक वैठक वसी सहजीकरण गरिएको ।
  • कार्यालयको वेवसाईट र सामाजिक संजाल अधावधिक गरी सूंचनाहरु जारी गर्ने गरिएको ।
  • कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन स्थानीय तह वडावाट गरिने सिफारिसमा एकरुपता ल्याउन तथा शान्ति सुरक्षालाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरु सहित पाँचखाल, पनौती, नमोवुद्ध, मण्डन देउपुर४ वटा नगरपालिका र ३ वटा गाँउपालिका गरी ७ पटा पालिकाका प्रमुखहरु वडा अध्यक्षहरु जनप्रतिनिधिहरु तथा वडा सचिवहरुसँग पालिका स्तर मै गइ सेवा प्रवाह र शान्तिसुरक्षा सम्वन्धमा अन्तरकृया गरिएको ।

कार्यालय भवन

  • निर्माणाधिन कार्यालय भवनको सम्वन्धमा सर्वोच्च अदालयतवाट फैसला भइ आगामि वर्षको लागि वजेट विनियोजन भएको र हालको मूल्याङ्गकन गरी प्रकृया अगाडि वढाउन शहरी विकास तथा भवन निर्माण विभागमा लेखि पठाइएको ।
  • कार्यालय परिसरमा सेवाग्राहीको लागि प्रतिक्षालयको निर्माण भइरहेको ।

 

शान्ति सुरक्षा र अपराध न्यूनीकरण

  • श्रीमान गृह सचिवज्यू र प्र जि अ सँगको कार्यसम्पादन सम्झौता वमोजिम वार्षिक कार्ययोजना (Action Plan ) निर्माण गरी कार्यान्वयन सुरक्षा रणनीतिक योजनाको निर्माण र कार्यान्वयनजिल्लाको आन्तरिक सुरक्षा योजना जिल्लासदरमुकाम नाक सुरक्षा योजनाअति विशिष्ट तथा विशिष्ट ब्यक्तिको सुरक्षा योजनाट्राफिक सहितको सयुक्त चेकजाँच कार्य योजनाQRT परिचालन सम्बन्धी योजनाधुलिखेल नगर सुरक्षा योजना चाड पर्व लक्षित सुरक्षा योजना लगायत सुरक्षा योजना तयार गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको ।
  • मुद्दाको सफल अनुसन्धान भएको पछिल्लो समय घटेका वोधिचित्वको रुख कटान लगायतको अपराधको अनुसन्धान भइरहेकोले छिटै कानूनी दायरा आउने
  • अपराध अनुसन्धान र पेन्डिङ मुद्दाहरुको फस्यौट फैसला कार्यान्वयन र फरार अपराधिको खोजि र पक्राउमा निरन्तरता दिइएको
  • महिला बालबालिका तथा ज्येष्ठ नागरिक पीडित भएका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखि अनुसन्धान गरिएको
  • कानुनि दायरामा ल्याएका अपराध घटनाको संख्या – ५७०
  • ११२ जना फरार प्रतिवादीहरु पक्राउ गरी २ करोड ४३ लाख असुली
  • सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सँगको समन्वयमा सचेतनामुलक कार्यक्रमहरु संञ्चालन गरिएकोसडक सुरक्षा कार्यक्रमबाट लाभन्वितको संख्या – ३९१९
  • प्राकृतिक स्रोत साधनको अवैध दोहन कार्यलाई नियन्त्रण गर्ने र कारबाहीको दायरामा गरिएको
  • प्राकृतिक स्रोतको गैर कानुनि दोहन उपर भएको कारवाही गरी असुली – २१,९००००।–
  • सामुदायिक साझेदारी कार्यक्रमहरुवाट सडक सुरक्षा लैंगिक हिंसा लागु औषध नियन्त्रण लगायतका १८ वटा शिर्षकमा २१३९७ जनालाई जनचेतनामूलक कार्यक्रम गरिएको ।
  • अवैध हातहतियार नियन्त्रणको लागी दैनिक रुपमा प्रहरी परिचालन गरी संकास्पद सवारी साधन, मानिसहरु र मानिसहरुले ल्याएको सामानहरु चेकजाँच गर्ने व्यवस्था मिलाईएको । 
  • जिल्लामा वैंकङ्गि कसुर र आर्थिक अपराधका मुद्दाहरु धेरै भएकोले छुटै शाखा स्थापन गरी छानविन गरी मुद्दा दर्ता हुने गरेको । प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई अनुसन्धान गर्ने गरेको

 

वजार अनुगमन

  • उपभोक्ताहित संरक्षणको लागि ५१९ वटा फर्म पसल उद्योगहरुको अनुगमन २९ वटालाई जरीवाना गरी ७ लाख ६० हजार असुल उपर
  • २ वटा रोडा ढुंगा उधोग र ६ वटा खानी उधोग बन्द गरीएको ।
  • जिल्लामा उपभोक्ता हित संरक्षण र कालोवजारी न्यूनीकरणको लागि निजी क्षेत्र, स्थानीय तह सरोकारवालसँग वैठक/अन्तरक्रिया तथा वजार अनुगमन भएको ।

 

कार्यालय तथा सूरक्षा इकाइहरुको अनुगमन

  • जिल्ला स्थित सुरक्षा निकायका कार्यालय तथा मातहतका प्रहरी चौकीहरुको प्रमुख जिल्ला अधिकारीवाटै २५ पटक अनुगमन गरिएको ।
  • जिल्ला स्थित १८ वटा कार्यालय तथा २४ वटा संघ संस्थाहरु तथा लागुऔषध पुन स्थापना केन्द्रहरु अनुगमन गरी सुधार सहितको निर्देशन गरिएको

 

कारागार व्यवस्थापन

  • कारागार कार्यालयमा खानेपानीको व्यवस्थापनको लागि ३0,000 लिटरको अण्डर ग्राउण्ड पानी ट्यांकी निर्माण कार्य सम्पन्न हुन लागेको । ७५ प्रतिशत काम भएको ।
  • ११८ जना कैदी बन्दीहरुलाई सिप मुलक तालिमहरु प्रदान गरिएको ।
  • गलैचाँ बुन्ने कार्यलाई तान थप गरी २४ वटा पुर्र्याइएको साथै मन्त्रालयको सहयोगमा ७ दिने गलैचा बुनाई सिकाई तालिम समेत सम्पन्न भएको ।
  • खाना पकाउने प्रयोजनार्थ २ वटा Steam Rice Cooker को प्रयोग भएको थप १ को खरिदको लागि प्रकृया अगाडि वढ्को ।
  • कारागारभित्रप्रयोगभएकोइन्धनकोखपतघटाउनवैकल्पिकउर्जाकोलागिप्रदेशसरकारस्थानीयपालिकाहरुकोसहयोगमाइन्भर्ट्ररतथाव्याट्रीकोव्यवस्थागरीसौर्यउर्जाकोव्यवस्थागरिएको।यसवाटविद्युतकोमहशुलघटाउनसकिने।

 

विपद् व्यवस्थापन

  • विपद् प्रतिकार्य योजना तयारी र कार्यान्वयन
  • विपद्को जोखिम नक्साङ्गन
  • विपद् व्यवस्थापनको लागि खुला क्षेत्रको पहिचान र हेली प्याडहरुको विवरण तयारी अवस्थामा
  • DEOC सुदृढीकरण र LEOC सँग समन्वय
  • १७४ जनातालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको ।
  • प्रदेश तथा स्थानीयतहसँग समन्वय ।
  • जिल्ला विपद् व्यवस्थापन समितिको नियमित वैठक वसी सुरक्षा निकाय सहित सबै सरोकारवाला निकायहरुले विपतमा प्रयोग हुने स्रोत साधन, उपकरणहरु तयारी हालतमा राख्ने अनुरोध गरिएको ।
  • सुरक्षा निकायहरुवाट आगलागि तथा मनसुन प्रतिकार्य अभ्यास
  • कार्यालयमा आउँदैको दिनमा राहत दिने व्यवस्था मिलाइएको ।
  • ४८ जनालाई ८८१००० हजार राहत वितरण ।
  • महाभारत गाँउपालिकावाट 7 जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार ।

सार्वजनिक जग्गा

  • सार्वजनिक जग्गा अधिक्रम सम्बन्धमा प्राप्त उजुरी उपर छानविन भइरहेको सम्बन्धित पालिकालाई गैर कानुनि काममा रोक लगाउन पत्राचार गरिएको ।
  • राजश्व चुहावट नियन्त्रणका लागि गरिएका प्रयासहरु र प्राप्त नतिजा
  • जिल्ला राजश्व चुहावट समितिको वैठक वसी गैरकानूनी ओसार पसार. चोरी, तस्करी नियन्त्रण गर्ने वक्यौता असुर उपर गर्न कारवाही वढाइएको ।
  • वक्यौता असुर नगर्ने ७ वटा खानी उद्योग वन्द गराइएको ।
  • वक्यौता रकम नतिर्ने ४१ करदातालाई कानूनी कार्वाहीको लागि खाता रोक्का
  • खानीजन्य तथा नदीजन्य पदार्थको ओसार पसार गर्ने सवारी साधनहरुको बिल भरपाई भए/नभएको चेकजांच गर्ने गरी कारवाहि गर्ने गरिएको ।
  • नदीजन्य पदार्थको अधिक भार बोक्ने ट्रिफरहरुलाई कारवाहि गर्ने गरिएको ।

मिटर व्याज सम्वन्धी उजुरी

  • जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जम्मा निवेदन ३६,
  • मिलापत्र १३,छलफलभई सहमति भएको १७
  • छलफलको क्रममा रहेको ४,सम्पर्क हुन नसकेको २ वटा,

कार्यालयको चुस्त व्यवस्थापन, कार्यालय संरक्षण, कार्यालयको अभिलेख व्यवस्थापन

  • कार्यालय संचालनमा Computer, Photocopy Machine, Scanner, Telephone लगायतका प्राविधिक संशाधन तथा Radio Communication, e-mail, Internet, Intranet लगायतका प्रविधिहरुको समेत प्रयोग गरिएको।
  • यस आ व को दैनिक सिर्जना भएको सवै अनुसूचि Scanning गरिएको जम्मा अघिल्लो आ व को समेत २७९१४ अनुसूचि  Scanning गरि निरन्तर रुपमा काम भइरहेको ।
  • नागरिकताका अनुसूचि दैनिक रुपमा CCIMS सिष्टममा राख्ने गरिएको ।
  • कार्यालयका महत्वपूर्ण विवरणहरुको एक्सटर्नल व्याकअफ गरि गोप्य कोठामा राख्ने व्यवस्था गरिएको
  • कार्यालयका सूंचनाहरु तथा जानकारीहरु वेवसाइट र सामाजिक संजालमार्फत जानकारी गराउने गरिएको ।