बिहान उठ्ने बित्तिकै दिनको सुरूवात कसरी गर्ने, जान्रुहोस्

भनिन्छ, सुन्दर बिहानीले सुन्दर दिनको सँकेत गर्छ । हाम्रो जिवनमा अनेक उतारचढाव आउँछन् । तर ति उतारचढावलाइ व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्यौ भने, जिवन सुन्दर बन्छ ।

बिहान छिट्टै उठ्ने बानी बसाल्नुहोस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन आउदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फुर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।

खाली पेटमा पानी पिउने गर्नुहोस् । तपाइ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहोस् । यसो गर्नाले विभिन्र रोगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।

बिहानको लागी काम साचेर राख्नु भन्द अघिल्लो दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहोस् । यसो गर्नाले तपाइलाइ बिहान उठेर अरू काम गर्न सजिलो हुनेछ । कुनै पनि कामहरू साचेर राख्नु भन्दा गरि हालेको नै राम्रो हुन्छ । त्यसैले जति सक्दो गर्न मिल्ने कामहरू गरि हाल्नुपर्दछ । यसो गर्नाले आफैलाइ सहज हुन्छ ।

बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने बानी छ भने त्यसो गर्न छोडेर शारीरिक अभ्यास गर्नुहोस् । यासो गर्नाले तपाइको स्वास्थ्यमा फाइदा पुग्नको साथै तपाइको दिनको पनि राम्नो सुरूवात हुन्छ । मोबाइल हेर्न थाल्नुभयो भने त्यतै भुलीएर तपाइले केही पनि गर्न भ्याउनु हुन्न र भरे सबै काम हतार हतार गर्नुपर्ने हुन्छ । हतारिएर गरेको काम राम्रो पनि हुदैन र भरे आफैलाइ दिक्क लागेर आँउछ ।

बिहानैको प्राकृतिक वातावरणलाइ केहीछिन नियाल्नुहोस् । यसो गर्नाले मनमा आनन्द मिल्नेछ र बिहानीको सुरूवात पनि राम्रो हुन्छ ।

सकारात्मक विचार ल्याउनुहोस् । बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र सोच्ने गर्नुहोस् । यसो गर्नाले दिनको राम्रो सुरूवात हुन्छ । नकारात्मक कुराहरू सोच्न थाल्नुभयो भने दिमाखमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन् । दिन नै खराब हुन्छ । आफुलाइ के के कुरामा खुसी मिल्छ त्यही कुराहरू मात्र सम्झिनुहोस् । जसकारण दिननै खुसीसाथ कटोस् । तपाइका जिवनका रमाइला क्षणहरूलाइ याद गर्नुहोस् ।

बिहान उठ्ने बित्तिकै समाचार पढ्नुहोस्, प्रेसक भनाइहरू पढ्नुहोस् । दिनको सुरूवात राम्रो हुन्छ ।

घरको सरसफाइ गर्नुहोस् । आफुपनि सफा भएर बस्नुहोस् । घर सफा हुदा आफैमा आनन्द हुन्छ । आफु पनि सफा हुदा शरीर नै फ्रेस हुन्छ र जे काम गर्न पनि जाँगर चल्छ । जिउनै फुर्तिलो हुन्छ । सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ ।

आफ्नो परिवार, साथीसँग नजिक हुनुहोस् । परिवार र साथीभाइहरूसँग माया र आत्मियता बाढ्नुहोस् ।

बिहान उठ्ने बित्तिकै दिनभरी आफुले गर्ने कामको तालिका बनाउनुहोस् । सोही तालिका अनुसार आफ्नो काम पुरा गर्नुहोस् । यसो गर्नाले तपाइको दिन राम्ररी कट्छ ।

तपाइलाइ गर्न अल्छी लाग्ने या गार्हो लाग्ने काम बिहानै गर्नुहोस् । त्यो काम सकिदा तपाइलाइ खुसी लाग्नेछ र अरू काम गर्नको लागी जोश बढ्छ । गर्न मन नलाग्ने काम त गरे अब यति पनि गरी हाल्छु भन्रे लाग्छ र अरू काम गर्न पनि जाँगर चल्छ ।

केही समय अध्यात्मकको लागी पनि छुट्याउनुहोस् । अध्यात्मिक कार्यले तपाइको मनलाइ शान्ति दिन्छ । बिहानै भगवानको नाम जपी दिनको सुरूवात गर्नाले मनमा खुसी छाँउछ ।

बिहात उठ्ने बित्तिकै सन्तुलित भोजन गर्नुहोस् । यसले शरीरमा फाइदा गर्दछ । बिहानै खाली पेटमा चिल्लो खाना खानु भयो भने शरीरमा गढबढी आँउछ । शरीका लागी राम्रो गर्ने खाना खानुभयो भने शरीलाइ फाइदा मात्र न भइ तपाइको दिनको पनि राम्रो सुरूवात हुन्छ ।

बिहान उठ्नेवित्तिकै हामी सबैले गर्नुपर्ने ७ काम

हरेक दिन विहान उठ्नु भनेको शुभदिन हो र बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् । यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप रु

१.सूर्यलाई जल चढाउनु

शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।

२.गाईलाई रोटी ख्वाउनुहोस्

सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

४.तामाको लोटामा राखेको पानी खानुहोस्

बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने । बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

५.तेलले मालिस गर्नु

दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।

६.तुलसीमा जल चढाउनु

दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

७.घरको मन्दिरमा पूजा गर्नुहोस्

हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बाल्नु र अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।