मौद्रिक नीति लचिलो ल्याउँछौंः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् ।

आइतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताए ।

उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताए ।

राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि छलफल सुरु गरेको र अधिकांशको चासो कर्जा प्रवाह सहज बनाउनुपर्ने र ब्याजदर रहेको बताए ।

नेपालको लगानी र पूँजीगत खर्च उत्पादनशील क्षेत्रमा नहुँदा समस्या भएको गभर्नर अधिकारीले बताए ।

बजेटमा निजी क्षेत्रले उठाउँदै आएको उधारो असुली सम्बन्धी कानुन बनाउने विषय सम्बोधन गरेको भन्दै त्यसले सकारात्मक प्रभाव पर्ने गभर्नर अधिकारीले बताएका छन ।