सिन्धुलीमा सम्पन्न भयो पारिवारिक निजी वन बागमती प्रदेशको दोस्रो अधिवेशन

सिन्धुली/पारिवारिक निजी वन संघ नेपाल बागमती प्रदेशको द्रोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले पुनः सहदेव न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षउपेन्द्र अधिकारी, सचिव अरुण अधिकारी, उपसचिव मिना दाहाल र कोषाध्यक्ष लक्ष्मी पोखरेल चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा विष्णुबहादुर थापा, सेरेङ प्रजा चेपाङ, हरिशरण बस्नेत, टिका गिरी, रिता फुर्याल, सुनमाया प्रजा छन् ।

बागमती प्रदेशअन्र्तगतका १३ वटै जिल्लाका पारिवारिक निजी वन संघ नेपालका अध्यक्षहरु स्वतः पदेन सदस्यमा निर्वाचित सदस्य हुनेछन् । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रदेश अन्तर्गत रहेका १३ जिल्लाकै प्रतिनिधिहरु तथा सम्बन्धित निकायका सरोकावालाहरुको सहभागितामा सञ्चालित अधिवेशनको उद्घाटन पारिवारिक निजी वन संघ नेपालका केन्द्रिय अध्यक्ष जोगराज गिरीले गरेका थिए ।