रोटरीको सामुदायिक सेवा: जनता प्रावि दलसिङ्गेमा निःशुल्क दन्त शिविर

नमोबुद्ध/ रोटरी क्लव अफ धलिखेलको आयोजना, धुलिखेल अस्पताल दन्त विभागको प्राविधिक सहयोग तथा रोटरी सामुदायिक संघ पिपलचौरको समन्वयमा नमोबद्ध नगरपालिका स्थित वडा नम्बर २ को दल्सीङ्गे जनता आधारभूत विद्यालयमा निशुल्क दन्त शिबिर सम्पन्न भएको छ ।
शिबिरमा निःशुल्क दन्त शिविर, मुख तथा गिजाको उपचार र हेरचाहका बारेमा जनचेतना मूलक कार्यक्रमको समेत आयोजना गरेको थियो ।
शिविरमा रोटरी क्लव अफ धूलिखेलका कार्यक्रम संयोजक अशोक कमार श्रेष्ठ रोटरीयन सुवास काजी श्रेष्ठ, रोटरीयन मनिष योगल श्रेष्ठ, निर्वाचित अध्यक्ष (२०२४–२५) ज्योत्सना सैजुू, मुना श्रेष्ठ, रोटरी निस्चल श्रेष्ठ र रोटयाक्टर प्रवेश वाँनियाको उपस्थिती रहेको थियो ।
शिविरमा उपस्थित बालबालिकालाइ दाँत माझ्न, मन्जन र ब्रस प्रयोग गर्ने तरिका बारेमा सिकाईएको थियो भने सबै बालबालिकालाई दाँत माझ्ने ब्रस तथा मन्जन समेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा १ सय ३२ बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
त्यसै गरी किशोर किशोरी र महिलाहरुलाई स्वच्छ र सुरक्षित महिनावारी तथा प्रजनन तथा यौन स्वास्थ्य सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिईएको थियो ।
रोटरी सामदायिक सघकी अध्यक्ष सुश्री सविना श्रेष्ठले उक्त प्रशिक्षण दिईएकी थिईन् । कपडाका पुनः प्रयोग गर्ने मिल्ने सेनिटरी प्याड ३५ जना महिलाहरुलाई निःशुल्क वितरण गरिएका थियो ।

शिबिरमा स्थानिय जनता प्रा.विका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानिय किशोर किशोरीहरुले रोटरीको सामुदायीक सेवा भावको लागि कृतज्ञता र धन्यवाद् ब्यक्त गरेका थिए ।
रोटरी क्लब अफ धुलिखेल र रोटरी सामुदायिक संघ पिपलचौरले प्रत्येक महिना सामुदायिक शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक विकास सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएको थियो ।