एमाले अध्यक्ष ओली आज रुपन्देही जाँदै

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदैछन्। 

नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी रुपन्देहीको भैरहवा पुग्न लागेका हुन्। 

अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायतका नेताहरू सहभागी हुने एमाले सांसद एवं केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए। 

जिल्ला अधिवेशनमा ८ सय ५३ प्रतिनिधि सहभागी हुने छन्। जिल्लामा १७ हजार ९८ पार्टी सदस्य रहेका छन्।