भारतमा हंग पार्लियामेन्ट निश्चित, भाजपा गठबन्धनमा नोयडु निर्णायक

भारतीय लोकसभा निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी नेतृत्वको NDA गठबन्धनको पक्षमा 294 सिट हात परेको छ भने विपक्षी काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई 234 सिट । 
पछिल्लो समय भारतमा अबको सत्ता के हुन्छ ? भारतमा चन्द्र बाबू नोयडु कि नितिस कुमार ? यस्ता प्रश्न धेरैले गर्न थालेका छन् । यसै सन्दर्भलाई भारतीय आम चुनाव परिणाम र।भाजपा नेतृत्वको सत्ता गठबन्धनको पेरिफेरिमा राजनीति र गणितको चिरफार यसरी गरौं:  
अबकि बार मोदि सरकार नारा हावा खान सक्छ । NDA को निर्णायक TDP र JDU मध्ये अझ धेरै TDP मा नै  देखिएको छ  !  सत्ताको बार्गेनिङ पावर यीनिहरुमै बलियो देखियो । भनेपछि मोदि युगको अबनति सुरु भयो ! सिधा भाषामा भन्नुपर्दा वर्तमान NDA गठबन्धनमा थप केही प्रगति नभएर यहि गठबन्धन अघि बढ्न चाहेमा भाजपा सरकारको भाग्य र भविष्य विधाता TDP पार्टीका नेता चन्द्रबाबु नोयडु बन्नेछन् ।
गणित : जम्मा सिट 543- भाजपा 240= बाँकी दल 303, 543÷2  = 271.5 ; बहुमत 272 सिट पुग्दा बहुमतको सरकार बन्छ: भाजपालाई अपुग 272-240=32 सिट, सरकार त लगभग उसैले बाहेक अरुले बनाउला जस्तो देखिएन । यो हिसाबले सिधा हेर्दा मोदि अथवा भाजपाकै सरकार बन्न सक्ने पनि उत्तिकै सम्भावना छ । तर राजनीति अंकगणितिय खेल पनि हो त्यसैले 
NDA फुटाउन सक्यो भने नसोचेको मान्छेले प्रधानमन्त्री पड्काउने देखिन्छ । TDP 16 , JDU 12 , LJP 5 , Shinde shiv sena 7 , RlD 2 JDS 2 TOTAL = 44 सिट NDA गठबन्धन का अरु घटक सँग छ   ; NDA पार्टनरहरुको 44सिट + भाजपाको 240= 294 ,,, मतलव अबकि बार मोदि सरकार होईन अबकि बार कोलिसन सरकार जस्तो हुने भो …नेपालकै प्रचण्ड , रविहरु सत्ताका निर्णायक भएजस्तै …..
अब फेरि यसरी हेरौ आन्ध्र प्रदेशका चन्द्रबाबु नोयडु र बिहारका नितिस कुमारको जोड्दा 28 सिट पुग्छ , यी दुईको हैसियत लगभग लगभग NDA अथवा भाजपा नेतृत्वको मोर्चाको लाईफलाईन बराबरको हो । 
अब फेरि हिसाब यसरी गरौ TDP बाहेकको NDA भाजपा सत्ता गठबन्धनमा अन्य दलहरु 28 सिट छन् = यसरी हेर्दा स्पष्ट रुपमा आन्ध्र प्रदेशका चन्द्रबाबु नोयडुनै जेडियुका नितिश कुमार भन्दा पनि धेरै शक्तिशाली  देखिए । भाजपाको NDA भित्र भयंकर शक्तिशाली र निर्णायक हैसियतमा आन्ध्र प्रदेशका चन्द्रबाबु नोयडु देखिए । 
एकताका नेपालमा एकीकृत समाजवादी पार्टीका नेताले केपि ओलि सँग शक्तिको वार्गेनिङ गर्दा हाताहाति चाहिन्छ नत्र हुदैन  भन्ने गर्थे । आज भारतीय राष्ट्रिय राजनीतिमा , भारतको विजेपि नेतृत्वको NDA भित्र चाहिँ साच्चिकै त्यो हैसियतमा आन्ध्र प्रदेशका  TDP नेता चन्द्रबाबु नोयडु पुगेका छन् । यस्तोमा यदि चन्द्रबाबु नोयडुले सत्ता गठबन्धनमा प्रधानमन्त्रीको दावी गरे र त्यसउपर भारतीय जनता पार्टी कठोर देखियो भने भाजपा सत्ता गठबन्धन संकटमा फस्न सक्छ ।