कोसी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आज कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । यी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।