गुनासो सुन्न घर–घरमा नगर प्रहरी

ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने अभियान सुरु गरेको छ । महानगरवासीको गुनासो सुनुवाइ गर्न महानगरपालिकाले महानगरका प्रहरी घर घरमा पठाउने अभियान सुरु गरेको हो ।
बिहीबार उक्त अभियानको सुरुवात गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरीलाई घर घरमा पठाउने अभियान सुरु गरिएको जानकारी दिए।
नगर प्रहरीले महानगरपालिकाका सेवा नगरवासीले लिए÷नलिएको बुझ्ने, निःशुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने छन् । नागरिकले कर तिरे÷नतिरेको बुझ्ने, महानगरको सेवाको पहुँचको अवस्थाबारे जानकारी लिने काम प्रहरीले गर्ने महर्जनले बताएका छन ।