काभ्रे मावि बनेपामा जिल्ला स्तरीय हाजिरीजवाफ सम्पन्न

बनेपा/ काभ्रे माध्यमिक विद्यालयको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष आयोजना हुने उक्त प्रतियोगितामा यो पटक जिल्लाका २५ वटा विद्यालय सहभागी भएका थिए ।
प्रतियोगितामा काठमाडौं युनिभर्सिटी हाइ स्कूल चौकोट प्रथम, ग्रेशल्याण्ड सेकेन्डरी स्कुल साँगा द्वितीय र तृतीय बाल वाटिका स्कूल बनेपा भएका छन् ।
विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले यस्ता अतिरिक्त कार्यक्रमले विद्यार्थीहरूको सामान्य ज्ञानमा वृद्धि हुने भएकोले विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलापहरु गर्दे आएको बताए । विद्यालयले पढाईको अलवा वक्तृत्वकला, हाजिरिजवाफ, फुटसल, कविता लगाएतका विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दे आएको मानन्धरले बताए ।
उक्त प्रतियोगिताबाट विद्यार्थीहरुको सामन्य ज्ञान बृद्धि हुनुका साथ विद्यालय–विद्यालय बिच र विद्यार्थी – विद्यार्थी विचको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने, एक अर्कामा सिकेका कुराहरुलाई आदान प्रदान गर्न सकिने अबसरका रुपमा लिईएको मानन्धरले बताए ।
काभ्रे मावि एसएलसि परिक्षमा बोर्ड प्रथम हुन सफल विद्यालय हो भने जिल्लामा समेत पटक पटक टप गर्न सफल भएको छ । विद्यार्थीहरुलाई घोकन्ते शिक्षा मात्रै नभई ब्यबहारिक, प्रयोगात्मक शिक्षा समेत प्रदान गर्दै आएको सहायक प्रिन्सिपल विकास श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रिन्सिपल कुमार मानन्धर तथा सहायक प्रिन्सिपल द्वय केशव श्रेष्ठ र विकास श्रेष्ठले उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रम सञ्चालन शिक्षकहरू श्यामकृष्ण मानन्धर,सागर लामा,कुमार घिमिरेले गरेका थिए । प्रतियोगिताको संयोजक विद्यालयका शिक्षक उद्धव लुइँटेल रहेका थिए । लुईटेलले प्रतियोगिताले विद्यार्थीहरुलाई अनुशासित, क्षमता बृद्धि गर्न मद्धत पुग्ने बताए ।
तस्बिरहरुः



