काठुँगणेश साकोसद्वारा धागोको चुरा बनाउने तालिम

बनेपा/ काठुँगणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध महिला सदस्यहरुलाई धागोको चुरा बनाउने तालिम प्रदान गरेको छ ।
महिला उपसमितिको आयोजनामा भएको तालिममा २८ जना महिलाहरुको सहभागिता रहेको थियो । सस्थाले यसअघि पनि सदस्यहरलाई विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आएको संस्थाका अध्यक्ष हरिगोपाल मानन्धरले जानकारी दिए ।
संस्थाले रक्तदान, स्वास्थ्य शिबिर जस्ता विभिन्न सामाजिक कार्यहरु समेत गर्दे आएको मानन्धरले बताए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष निर्मल मुस्याजु, सदस्य ओमप्रकाश नकर्मी, न्हुछेलाल मानन्धर, लेखा तथा सुपरिबेक्षण समिति सदस्य समीर भैल लगाएतको उपस्थीती रहेको थियो । तालिममा सहभागिहरुलाई प्रशिक्षण पुजा महाजुले दिएकी थिइन् ।