नक्कली नोटसहित चिया पसले पक्राउ

नक्कली नोटसहित चिया पसले पक्राउ परेकी छन् । काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्।
चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।