गण्डकीमा दिपक मनाङे मन्त्री बन्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले पहिलो चरणमा दिपक मनाङेलाई मन्त्री बनाउने भएका हुन् ।

यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए ।

पाण्डेलाई विश्वासको मत दिन नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका सांसद हुन् । उनलाई पनि सरकारमा ल्याउने पाण्डेले तयारी गरेका छन् ।

त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर राप्रपाले भने तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।