एमाले काभ्रेको ११ औं जिल्ला अधिबेशनः आजबाट बन्द सत्र सुरु

नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिबेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ । विहान ९ बजेबाट धुलिखेल नगरपालिकाको सभा हलमा हुने छ ।
बन्द सत्रमा पनि केन्द्रिय कमिटीका नेताहरु सहभागि हुनेछन् । जिल्लाभरीबाट सहभागि प्रतिनिधीहरुलाई विहान ९ बजे उपस्थितीका लागि आब्हान गरिएको सचिव राजन भुर्तेलले जानकारी दिए ।
‘मंगलबार विहान ९ बजेबाट बन्द सत्र शुरु हुनेछ । बन्द सत्रमा पार्टीका समग्र गतिविधीका बारेमा राजनीतिक, सांगठनिक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । प्रतिवेदनहरु उपर छलफल हुनेछ’–सचिव भुर्तेलले भने–‘नेताहरु बन्द सत्रमा प्रशिक्षाणत्मक मन्तब्य दिनु हुनेछ ।’
बन्द सत्र संचालनका लागि अध्यक्ष मण्डल गठन हुनेछ भने नेतृत्व चयनका लागि केन्द्रिय निर्वाचन आयोगबाट खटिएको टोली र जिल्ला कमिटीले सिफारिस गरेको टिमले निर्वाचन प्रकृया शुरु गर्नेछ । प्रतिवेदनहरु पास भए लगत्तै नेतृत्व चयनको प्रकृया शुरु हुनेछ ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका छन् । एमालेले १० औ जिल्ला अधिबेशनबाट हाईटेक शैलीको इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गर्न शुरु गरेको छ । अघिल्लो पटक करिव १ हजार ३ सय प्रतिनिधी सहभागि भएका थिए । यो पटक ६ सय ९२ प्रतिनिधी सहभागि हुनेछन् । यो पटक पनि सोहि विद्यीबाट प्रतिनिधीहरुले नेतृत्व चयन गर्नेछन् ।
नेतृत्व तथा जिल्ला कमिटीमा सहभागि हुन थुप्रै ब्यक्तिहरुले इच्छा जाहेर गरे पनि निर्वाचन प्रकृया शुरु नहुँदासम्म कोहि खुलेको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सर्वसम्वत गर्न, सर्वसम्वत नभए स्वस्थ प्रतिस्पर्धा गर्न र नेताहरुलाई प्रतिनिधीहरुलाई हस्तक्षेप नगर्न निर्देशन दिएका छन् । अध्यक्ष पदका लागि हालसम्म वर्तमान उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भुर्तेलको चर्चा छ । सर्वसम्वतिको प्रयत्न जारी छ ।