महाभारतमा दम्पतिको हत्यारा अझै पत्ता लागेन, न्याय माग्दै धुलिखेलमा पीडितको प्रदर्शन

महाभारतमा भएको दम्पति हत्याको निश्पक्ष छानविन माग गर्दै पीडितहरुले जिल्ला सदरमुकाम धुलिखेलमा प्रदर्शन गरेका छन् । गत जेठ ७ गते महाभारत गाउँपालिका वडा नम्बर ४ निवासी मान बहादुर बल र हिरामाया बल वाइबाको विभत्स हत्या भएको थियो ।

हत्याको २२ दिन वितिसक्दा पनि हत्यारा पत्ता नलगाएको भन्दै उनीहरुले न्याय माग्दै प्रदर्शन गरेका हुन् । किटानी जाहेरी दिएका व्यक्तिलाई छाडीएको भन्दै पीडितले जघन्य अपराधमा पनि राजनीति भएको गुनासो गरेका छन । घटनाको निश्पक्ष छानविनमा समेत उनीहरुको आशंका छ ।

प्रदर्शनमा सहभागीले किटानी जाहेरी लागु गर, मान्छे मार्न पाइँदैन, जाहेरीमा उल्लेख ठेकेदारलाई पक्राउ गर, मृतक दम्पतिलाई न्याय दे, प्रहरी अनुसन्धान निश्पक्ष गर, जघन्य अपराधी लुकाउन पाइँदैन, न्यायको ढोका खुल्ला गर, कानुनी शासन लागु गर, लगायतको नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका छन । महाभारत गाउँपालिकाले समेत घटनाको छिटो र निश्पक्ष छानविनका लागि प्रहरी प्रशासनसँग माग गरेको छ । तर अहिलेसम्म पनि प्रहरीले भने हत्यारालाई पत्ता लगाउन सकेको छैन । 

तस्बिरहरुः