एमाले काभ्रेको बन्द सत्रमा पार्टीको राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिदै

धुलिखेल/नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनको बन्द सत्रमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले पार्टीको राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष मण्डलका अध्यक्ष एवं पोलिटब्युरो सदस्य तथा जिल्ला इन्जार्च कृष्ण राईको अध्यक्षतामा शुरु भएको बन्द सत्रमा नेताहरुले धारणा राख्नेछन् ।


अध्यक्ष मण्डलमा बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रिय सदस्यद्धय नविना लामा र कपिलदेव पोखरेल, प्रदेश कमिटी उपाध्यक्ष धावा दोर्जे लामा रहेका छन् ।

बन्द सत्रमा स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटी इन्चार्ज गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय कमिटी सदस्यहरु रेशम लामा, रुकमणी बराईली, प्रदेश कमिटीका नवराज सिलवाल लगायतका नेताहरुको आतिथ्यता रहेको छ ।

अध्यक्ष मण्डलले यज्ञराज पाण्डेको अध्यक्षतामा लालतारा अधिकारी, प्रदिप सापकोटा, प्रदिप स्याङतान र राजेन्द्र पण्डित रहेका छन् । निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम शुरु गर्ने तयारी गरेको छ । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरु उपर छलफल सकिए पछि निर्वाचन कार्यक्रम शुरु हुने अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

सम्भवत आज साँझ नै निर्वाचन कार्यक्रम प्रकाशन गरी भोलि मतदान गर्ने तयारी गरिएको छ । डिजिटल मेशिन १० वटाबाट मतदान गर्ने गरी तयारी गरिएको एमालेले जानकारी दिएको छ । ६ सय ९२ प्रतिनिधीले मतदानमा भाग लिनेछन् । एमाले काभ्रेमा २०८० चैत्र मसान्तसम्म १३ हजार ३ सय ९ जनाले सदस्यता नविकरण गराएका छन् ।

पार्टी अध्यक्ष अशोक ब्याञ्जुले सचिवालयले पास गरेको समृद्ध काभ्रेपलाञ्चोक जिल्ला निर्माणमा एमालेका योजनाहरु प्रस्तुत गरेका थिए । साथै आगामी कार्ययोजना, संगठनात्मक र राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ब्याञ्जुले राखेका विषयहरुमा प्रतिनिधीहरुले छलफलमा भाग लिएका थिए ।