एमाले काभ्रेको निर्वाचन कार्यक्रम शुरु, मतदाता नमावली सार्वजनिक

नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनका लागि नयाँ नेतृत्व चयन प्रकृया शुरु भएको छ । बन्द सत्रमा प्रस्तुत गरिएका प्रतिवेदन उपर छलफल सकिए पछि निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको संयोजक यज्ञराज पाण्डेले जानकारी दिए ।

निर्वाचन कार्य तालिका अनुसार निर्वाचनमा सहभागि हुने मतदाताहरुको नामावली सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेका नामावलीहरु उपर दावि विरोधको समय दिएको छ । मतदाता नामावली उपर दावि विरोध सकिए लगत्तै उम्मेदवारी दर्ताका लागि मनोनयन फाराम वितरण गरिनेछ । उम्मेदवारी दर्ताको कार्यक्रम आज नै शुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ ।

निर्वाचनका लागि १३ वटा पालिकाबाट ८० जना सदस्यहरु हरेक पालिकाबाट एक÷एक जना युवा, ३३ प्रतिशत महिला सहित जिल्ला कमिटी सदस्य निर्वाचित हुनेछन् । भुगोलबाट प्रतिनिधित्व गर्ने सबै पदमा सर्वसम्वतीको प्रयास भुगोलकै नेताहरुले गर्नेछन् । सर्वसम्वत नभएमा मात्रै निर्वाचन प्रकृयाबाट छनौट हुनेछन् । ५ पदाधिकारीमा अनिवार्य एक जना महिला निर्वाचित हुनु पर्नेछ । त्यस्तै समावेशी समुहबाट ११ जना, खुल्ला सदस्यहरुमा दुई युवा, ३ महिला र बाँकी खुल्ला क्षेत्रबाट निर्वाचित हुनु पर्नेछ । एमालेले यो पटक कमिटीमा अनिर्वाय १५ प्रतिशत युवाहरुको सहभागिताका लागि विद्यानत ब्यवस्था गरेको छ ।